दक्षिण एशियामा सुर्तीयुक्त पदार्थमा सबैभन्दा थोरै कर लिन्छ नेपाल « Khabarhub

दक्षिण एशियामा सुर्तीयुक्त पदार्थमा सबैभन्दा थोरै कर लिन्छ नेपाल



काठमाडौँ- नेपालमा सुर्तीयुक्त पदार्थको सेवनले वर्षमा २७ हजार मानिसको ज्यान जाने गरेको छ । यो संख्या प्रत्येक घण्टामा सरदर ३ जनाभन्दा बढी हो र संख्या कुल मृत्युको १५ प्रतिशत हो ।

यस्तो निष्कर्ष हो नेपाल विकास अनुसन्धान प्रतिष्ठानको । विश्व स्वास्थ्य सङ्गठन लगायत विभिन्न संस्थाले गरेका सर्वेक्षणहरूले सुर्तीयुक्त पदार्थ सेवन गर्ने मानिसहरूमा कोभिड–१९ को जोखिम उच्च रहेको निष्कर्ष निकालेका छन् ।

सुर्तीयुक्त पदार्थको सेवनले फोक्सोको क्यान्सर, शरीरका अन्य विभिन्न भागको क्यान्सर, श्वासप्रश्वास सम्बन्धी रोगहरू लगायत विभिन्न मुटु सम्बन्धी रोग लाग्छ ।

यसको प्रतिकूल असर स्वास्थ्यमा मात्र नभई आर्थिक क्षेत्रमा पनि पर्छ छ ।

क्षतिको तुलनामा न्यून कर

नेपालमा सन् २०२० मा मात्र चुरोट र बिँडी तथा सुर्तीयुक्त पदार्थ सेवनका कारण करिब ४० अर्ब रुपैयाँको आर्थिक क्षति भएको प्रतिष्ठानले गरेको अध्ययनको निष्कर्ष छ । यो रकम कुल गार्हस्थ उत्पादनको १ दशमलव ०४ प्रतिशत हो ।

सुर्तीयुक्त पदार्थ सेवनका कारण निम्तिने रोगहरूको उपचारर्थ भएको प्रत्यक्ष र अप्रत्यक्ष खर्च, रोगीहरूको उत्पादकत्वमा आएको ह्रास र असामयिक मृत्यु समेत जोड्दा वर्षेनी उक्त परिमाणको आर्थिक क्षति हुने गरेको अध्ययनको निष्कर्ष छ ।

सन् २०२० मा चुरोट र बिँडीबाट संकलन भएको राजस्व १८ अर्ब ५५ रोड रुपैयाँ थियो । नेपालमा कुल जनसंख्याको ३२ प्रतिशतले सुर्तीयुक्त पदार्थ सेवन गर्ने गरेका छन् ।

सबैभन्दा बढी बिक्री भएको ब्रान्डको खुद्रा मूल्यमा दक्षिण एसियाली मुलुकमध्ये नेपालमा सुर्तीका पदार्थमा लाग्ने कर सबैभन्दा कम छ ।

कर बढाएर खपत घटाउन र राजस्व बढाउन सुझाब नेपाल विकास अनुसन्धान प्रतिष्ठानको सुझाव छ ।

विश्व स्वास्थ्य सङ्गठनले सुर्तीका पदार्थमा ७० प्रतिशत कर लिन सिफारिस गरेको छ । नेपालमा भने ३० प्रतिशत मात्र कर लाग्छ ।

बङ्गलादेशमा ७१ प्रतिशत, माल्दिभ्समा ६९ प्रतिशत, श्रीलंकामा ६६ प्रतिशत, पाकिस्तानमा ५६ प्रतिशत र भारतमा ५४ प्रतिशत कर रहेको छ ।

सन् २००९/१० मा सुर्तीका वस्तुबाट उठ्ने अन्त शुल्क कुल राजस्वको २ दशमलव ५४ प्रतिशत थियो । सन् २०१८/१९ मा आइपुग्दा यो हिस्सा १ दशमलव ८२ प्रतिशतमा झर्‍यो ।

कर बढाउन सुझाब

दक्षिण एसियाली मुलुकमा सुर्तीयुक्त पदार्थमा सबैभन्दा बढी कर लगाउने बङ्गलादेशले कुल राजस्वको ९ दशमलव ५३ प्रतिशत संकलन गर्छ ।

नेपालले पनि चुरोटमा कर वृद्धि गरी राजस्व बढाउन सक्छ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययनको निष्कर्षअनुसार चुरोटमा वर्तमान कर ७० प्रतिशतले बढाउने हो भने वार्षिक १२ अर्ब रुपैयाँ राजस्व बढ्छ । यो कर वृद्धिले सुर्तीयुक्त वस्तु सेवन झण्डै ९ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार १० प्रशित मूल्य वृद्धि गर्दा खपत २ देखि ७ प्रतिशतसम्म घट्छ ।

कोरोना भाइरसको महामारीका कारण थलिएको नेपालले चुरोट जस्तो हानिकारक पदार्थमा कर बढाउन उपयुक्त हुने प्रतिष्ठानको निष्कर्ष छ ।

कर बढाऔँ, युवा बचाऔँ

सुर्तीयुक्त पदार्थ पहुँचयोग्य र सजिलै उपलब्ध हुन सक्ने भएकाले युवावर्ग यसको कुलतमा फसेको अध्ययनको ठहर छ ।

चुरोटको बट्टा खोलेर एक खिल्ली मात्रै पनि किन्न पाइने भएकाले विद्यार्थीलाई चुरोट सस्तो र किन्न सजिलो भएको छ । यसकारण पनि युवा वर्गमा चुरोटको लत बस्ने गरेको छ ।

प्रतिष्ठानले नीति तथा कार्यक्रमबाटै सूर्तीयुक्त पदार्थको सेवन निरुत्साहित गर्न सुझब दिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ८ : १० बजे

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको