एउटी बेहुलीसँग बिहे गर्न भन्दै ४ जना बेहुला पुगेपछि… « Khabarhub

एउटी बेहुलीसँग बिहे गर्न भन्दै ४ जना बेहुला पुगेपछि…


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एउटी बेहुली विहे गर्न चारजना बेहुला पुगे भन्ने सुन्दै पनि अचम्म लग्न सक्छ । तर यो वास्तविकता नै हो ।

घटना भारतको हो । एउटी बेहुलीसँग बिहे गर्नको लागि ४ जना बेहुला पुगेको र कुनै पनि बेहुलाले बेहुली र उनको परिवार भेट्न नसकेको घटना सार्वजनिक भएको छ ।

जुमन्यूजका अनुसार कुनै पनि बेहुलाले बेहुली र उनका परिवार फेला पार्न नसकेपछि यो विषय पुलिसमा पुगेको थियो । पछि यो घटना ठगीको भएको खुलासा भएको छ ।

बिहीवार हरदाका एक युवक कोलार क्षेत्रमा रहेको जलकल्याण समितिको कार्यालयमा विवाह गर्न गएका थिए । तर, कार्यालयमा ताला लागेको देखेपछि उनीहरुले छिमेकीहरुसँग सोधे ।

छिमेकीहरुले उनीहरुले बताएको नामका कोही पनि त्यहाँ नभएको बताए । त्यसपछि बेहुलाले बेहुली पक्षका मानिसहरुको मोवाइल नम्बरमा फोनज गरे तर सबै फोन अफ थिए ।

त्यसपछि बेहुला र आफन्त पुलिस स्टेशन गए । तर, त्यहाँ उनीहरु झनै चकित परे किनकि त्यहाँ अन्य ३ जना बेहुला थिए जो त्यही बेहुलीसँग विवाह गर्न आएका थिए ।

त्यसपछि उनीहरु विवाहको नाममा ठगिएको खुलासा भएको थियो । सिएसपी भूपेन्द्र सिंहका अनुसार अनुसार अनुसन्धानमा ३ जनाले यो ठगी धन्दा चलाइरहेको खुलासा भएको छ ।

फोन नम्बरका आधारमा यो ठगी धन्दा चलाउनेहरुको खोजी गरी तीन जनालाई पक्राउ गरिएको छ ।

उनीहरु १ महिला र २ पुरुष भएको बताइएको छ । उनीहरु विवाह गर्न समस्या भएका युवाहरु भएका ठाउँमा जान्थे र त्यहाँ विवाहबारे प्रचार गर्थे । उनीहरु मोवाइल नम्बर पनि दिन्थे जुन नम्बरबाट बेहुलीसँग कुरा गर्ने व्यवस्था गर्थे ।

जब विवाह गर्न चाहने युवाले फोन गर्थे त्यसपछि उनीहरुलाई भोपाल आउन भनिन्थ्यो ।

भोपालमा ग्याङकै सदस्यले २ सयदेखि ५ सयसम्म दिएर भाडामा युवती ल्याइन्थ्यो र तिनैलाई बेहुलीको रुपमा चिनाइन्थ्यो । त्यसपछि उनीहरुसँग २०–२० हजार रुपैयाँ लिइन्थो । उजुरी गर्नेहरुले आरोपीहरुबाट आफ्नो रकम फिर्ता पाएका छन् । – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ३ : १७ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्