विद्यालयलाई जग्गा किन्न २१ लाख संकलन « Khabarhub

विद्यालयलाई जग्गा किन्न २१ लाख संकलन


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिशूली- रसुवाको पहिलो विद्यालय निलकण्ठ माध्यमिक विद्यालय ‘नमूना विद्यालय’मा छनोट भएसँगै नयाँ भवन निर्माण गर्न जग्गा खरिदको लागि झण्डै २१ लाख जुटेको छ ।

भवन बनाउन आवश्यक पाच रोपनी जग्गा खरिद गर्न विद्यालयका पूर्व विद्यार्थीको पहलमा शुरु गरिएको चन्दा सङ्कलनको एक महिनामा रु.२० लाख ९२ हजार जम्मा भएको प्रचारप्रसार विभागका संयोजक शशी डङ्गोलले जानकारी दिए  ।

उतरगया गाउँपालिका–५ घर भएर हाल बेल्जियम निवासी मीरा डङ्गोलले रु.एक लाख एक सय दिएर शुरु भएको सो अयिभानमा गाउँपालिका लेखनाथ अधिकारीले  एक लाख एक हजार १५५ सहयोग गरेका छन् ।

हालसम्म १९८ दाताबाट सहयोग जुटेको छ । रकम सङ्कलन अभियान अहिलेको निषेधाज्ञाको समयमा पनि जारी रहेको शिक्षक गणेश श्रेष्ठले बताउनुभयो ।

विसं. २००७ मा स्थापना भएको उक्त विद्यालयमा भवन र आवासीय संरचना बनाउन नेपाल सरकारबाट एक करोड ५० लाख बढी रकम बजेट सुनिश्चित भएको छ । सोही कारण जग्गाको जाहो गर्न लागिएको हो ।

स्थानीय वसन्त आचार्यसँग चार रोपनी जग्गा ७६ लाख ८० हजारमा खरिद गर्न दाताबाट सङ्कलन भएको रकमबाट विद्यालयले १० लाख अग्रिम भु्क्तानी दिइसकेको व्यावस्थापन समितिका अध्यक्ष ओमप्रसाद आचार्यले जानकारी दिए ।

जग्गा खरिदसहित पूर्वविद्यार्थीले स्मारक, वालउद्यान लगायतका संरचना निर्माण गर्न सहयोग अभियान चलाएको विदुर निवासी पूर्वविद्यार्थी मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार अभियानमार्फत एक करोड सङ्कलन गर्ने लक्ष्य छ । निलकण्ठ मावि रसुवा र नुवाकोट दुवै जिल्लाका विद्यार्थीका लागि पायक पर्नेछ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ११ : १५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको