संक्रमित पत्रकारका घर घरमा औषधि र योगशिक्षा « Khabarhub

संक्रमित पत्रकारका घर घरमा औषधि र योगशिक्षा



झापा– कोरोना भाईरसको महामारीका कारण सञ्चार क्षेत्र पनि अछुतो छैन ।

नागरिकलाई सुसुचित गराउन खटिने सञ्चारकर्मी समेत संक्रमित हुनेक्रम बढे पछि झापामा घर घरमै पुगेर औषधि, पोषिलो खानेकुरा तथा योगशिक्षा प्रदान गर्न थालिएको छ ।

कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारका लागि पोसिलो खानेकुरा, औषधि घर–घरमा पुर्‍याईएको हो ।

स्वास्थ्यकर्मीसहित पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारको मनोबल बढाउन तथा स्वास्थ्य लाभको कामना गर्दै पोषिलो खानेकुराको प्याकेज घर–घरमा पुर्‍याएको हो ।

त्यसक्रममा महासंघको टोलीले पत्रकारहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने जनाएको छ ।

औषधि र शिक्षा एकसाथ
पत्रकार महासंघ प्रदेश नं. १ को पहल तथा झापा शाखाको समन्वयमा औषधिका अतिरिक्त पोषणयुक्त खाद्यवस्तु तथा योगशिक्षा संक्रमित पत्रकारका घर घरमा पुर्‍याईएको हो ।

मेची अञ्चल आयुर्वेद औषधालय (अस्पताल) इलामको टोलीले संक्रमित १० पत्रकारको घरमा आयुर्वेद औषधि वितरण गर्नुका साथै श्वासप्रश्वासमा लाभ पुग्ने विभिन्न योग विधिसमेत सिकाएको महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

अस्पतालका वरिष्ठ कविराज निरीक्षक तीर्थराज आचार्य नेतृत्वको टोलीले औषधि वितरण र योग विधि सिकाएको हो ।

के के बाँढियो र सिकाईयो ?

स्वास्थ्य कार्यालय इलामको सहयोगमा उक्त औषधि वितरण गरिएको थियो । टोलीले अश्वगन्धा चुर्ण, गुडुची चुर्ण, जेठी मधु, त्रिकटु लगायतका औषधि वितरण गरेको थियो ।

त्यसक्रममा संक्रमित पत्रकार र पत्रकारका परिवारलाई भस्त्रीका प्रणायम्, कपालभाती प्रणायम्, अनुलोम विलोम प्रणायम्, उज्जयी प्रणायम्, हस्त पदासन, ताडकासन लगायतका विधि सिकाइएको थियो ।

पत्रकारहरु नरेन्द्र ढकाल, भीमा शिवाकोटी, गोपाल काफ्ले, पारस तिम्सिना, पुष्प बराल, दिपेन्द्र पौडेल, राजु अधिकारी, सन्तोष आचार्य, पर्वत पोर्तेल, विगम श्रेष्ठको निवासमै पुगेर उक्त सेवा प्रदान गरिएको हो ।

इलाममा भने आयुर्वेद औषधालयले कोभिड नियन्त्रणका लागि घर–घरमा मेची आयुर्वेद भन्ने अभियान सञ्चालन गरेको छ । झापामा पत्रकार महासंघको पहल र समन्वयमा उक्त टोली आएको हो ।

२६ संक्रमित, १ को निधन

हालसम्म झापाका २६ पत्रकार कोरोनाबाट संक्रमित भएको महासंघ झापा शाखाले जनाएको छ । ती मध्ये एक जनाको निधन भएको छ भने हाल १३ जना होम आइसोलेसनमा छन् ।

आयुर्वेद अस्पताल इलामका वरिष्ठ कविराज निरीक्षक आचार्यले महामारीको बेला यस्तो अभियान देशभरि चलाउन आवश्यक रहेको बताएका छन् । सकेसम्म संक्रमण हुन नदिन सावधानी अपनाउन जरुरी रहेको र संक्रमण भई सकेपछि उचित खानपान, योगअभ्यास र व्यायामको माध्यमबाट रोग प्रतिरोधी क्षमताको विकास गर्न सकिने उनको भनाइ छ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १२ : ५६ बजे

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म