चन्द्रागिरी नगरपालिकामा घरबाहिर हिँडडुल गर्न रोक « Khabarhub

चन्द्रागिरी नगरपालिकामा घरबाहिर हिँडडुल गर्न रोक


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रागिरी नगरपालिका एकहप्ता सिल गरिएको छ। नगरपालिकाले जेठ १ गतेदेखि ७ गतेसम्म घर बाहिर हिडडुल गर्न पूर्णरुपमा रोक लगाएको हो।

औषधी पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सबै सरकारी तथा निजी कार्यालय,बैंक तथा वित्तीय संस्थाका सेवासमेत सम्पूर्ण रुपमा बन्द गरि नगर क्षेत्रलाई सिल गरेको छ।

नगरप्रमुख घनश्याम गिरीले अत्यन्त जरुरी सूचना जारी गर्दै सम्पुर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल तथा तरकार पसल समेत बन्द हुने जानकारी गराएका छन्।

खानेपानी ढुवानीका साधान,दुग्ध उत्पादन र दुध ढुवानीका साधानलाई स्वास्थ्य सुरक्षा मापदण्ड लगायतको पालना गरेर सञ्चालन गर्न दिने सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेका निषेधाज्ञाले कोराना नियन्त्रणमा नआएपछि थप कडाई गर्नु परेको नगरपालिको भनाइ छ।

नेपाल सरकारबाट जारी सूचना अनुसार भेरोसिल खोपको दोस्रो मात्रा लगाउने कार्यमा पहिलो पटक लगाएको खोप कार्ड भएको व्यक्ति मात्र खोप लगाउनका लागि तोकिएको केन्द्रसम्म आवत जावत गर्न सकिने पनि सूचनामा उल्लेख छ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  २ : ०० बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै