अक्सिजन नहुँदा वीरको नयाँ भवन सञ्चालन गर्न समस्या « Khabarhub

अक्सिजन नहुँदा वीरको नयाँ भवन सञ्चालन गर्न समस्या


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या भएको छ ।

सरकारको निर्देशन अनुसार नयाँ भवनबाट सेवा विस्तारको योजना बनाइए पनि अक्सिजन अभावले समस्या भएको वीर अस्पतालले जनाएको छ ।

सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड–१९ का संक्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरेको छ ।

भवनमा बिरामी राख्न सबै तयारी पूरा गरेको बताउँदै अस्पतालकी निर्देशक डा. शान्ता सापकोटाले अक्सिजन नभएपछि सञ्चालन गर्न नसकेको बताइन ।

५ सय शय्याको उक्त भवनमा अहिले ३ सय शय्यासम्म सञ्चालन गर्ने योजना छ । तर अक्सिजन नहुँदा योजना अनुसार काम नभएको सापकोटाले बताइन ।

उक्त भवनमा बिरामी राखेर उपचार गर्न कम्तीमा ६ सय सिलिण्डर अक्सिजन आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  २ : ५१ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक