भारतमा घट्न थाल्यो संक्रमण दर « Khabarhub

भारतमा घट्न थाल्यो संक्रमण दर


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोना संक्रमणदर घट्न थालेको छ । संक्रमणदर घटेसँगै सर्वसाधारणमा केही खुसी छाएको छ ।

बिगत केही दिन लगातार ४ लाखभन्दा बढी नयाँ संक्रमित थपिएको भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २६ हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरस महामारीको दोस्रो लहरमा संक्रमणको इपिसेन्टर बनेको भारतमा संक्रमण दर घट्दो क्रममा गएपछि अब नियन्त्रण उन्मुख हुँदै गएको अपेक्षा गरिएको छ ।

सो अवधिमा कोभिड–१९ बाट तीन हजार ८९० जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा तीन लाख ५३ हजार भन्दा धेरै संक्रमण मुक्त भएर घर फर्किएका छन्।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३६ लाख ७३ हजार भन्दा बढि छ। भारतमा कुल संक्रमितको संख्या दुई करोड ४३ लाख ७२ हजार ९०७ पुगेको छ।

कोभिड–१९ बाट हालसम्म दुई लाख ६६ हजार २०७ जनाको ज्यान गएको छ। भारतमा हालसम्म १८ करोड चार लाख ५७ हजार भन्दा बढिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।

अघिल्लो दिन भारतमा ३ लाख ४३ हजार १४४ जना नयाँ संक्रमित थपिएका थिए भने चार हजार जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ३ : १२ बजे

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी