अब पावर बटनबाटै गुगल असिस्टेन्ट खोल्न सकिने « Khabarhub

अब पावर बटनबाटै गुगल असिस्टेन्ट खोल्न सकिने


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तपाईंले चलाउने एन्ड्रोइड मोबाइलमा गुगल असिस्टेन्ट कसरी खोल्नु हुन्छ । ‘ओके गुगल’ अथवा ‘हे गुगल’ भनेर गुगल असिस्टेन्ट खोल्नुहुन्छ भने तपाईंलाई यसको विकल्प पनि आएको छ ।

अब तपाईंले पावर बटनबाटै पनि गुगल असिस्टेन्ट खोल्न सक्नुहुनेछ । यसका लागि एआई असिस्टेन्ट प्रयोग गर्न पावर बटनमा केहीबेर लगातार दबाउनुपर्नेछ ।

एक्सडीए डेभलपर्सका स्लेउतले गुगल एन्ड्रोइड एपको पछिल्लो भर्सन (१२.१८.६.२९) बाट यो रहस्य बाहिर ल्याएका हुन् । नयाँ एपमा देखिएको कोडको लाइनले उक्त फिचर चाँडै थुप्रै एन्ड्रोइड फोनहरुमा उपलब्ध हुने संकेत दिएको छ ।

एन्ड्रोइड १२ डेभलपर बेटामा सेटिङभित्र एप तथा नोटिफिकेसन भित्र असिस्टेन्ट राखिएको रिपोर्टमा उल्लेख छ । यद्यपी यो फिचर एन्ड्रोइड १२ मा निर्भर भने छैन ।

त्यसैले गुगल एपको भर्सनको रुपमा अन्य फोनमा यो फिचर चाँडै आउने अपेक्षा गरिएको छ । जसमा ओप्पोले आफ्ना फोनहरुमा यस किसिमको कस्टमाइजेसन गरेको छ ।

आईफोनमा आईफोन एक्सदेखि यता पावर बटन थिच्दा सिरी खुल्ने फिचर उपलब्ध छ । त्यसैबाट प्रेरित भएर गुगलले समेत यसलाई आफ्नो अपरेटिङ सिस्टममा समावेश गर्ने भएको हो ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ३ : ३५ बजे

राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान

व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई

सुनसरी घटनाका घाइते भेट्न पुगिन् स्वास्थ्यमन्त्री (तस्बिरहरू)

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही