कोरोनाका कारण काठमाडौंमा मात्रै १ हजार १०१ जनाले ज्यान गुमाए | Khabarhub Khabarhub

कोरोनाका कारण काठमाडौंमा मात्रै १ हजार १०१ जनाले ज्यान गुमाए


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्लामा मात्रै कोरोना संक्रमणका कारण हालसम्म १ हजार १ सय १ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणका अनुसार काठमाडौँमा हालसम्म १ हजार १ सय १ जना, ललितपुरमा २ सय ९७ जना र भक्तपुरमा २ सय १७ जनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।

कोरोनाका कारण थप १ सय ८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ४ हजार ८ सय ५६ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

नेपालमा थप ५ हजार ४ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ७ : १२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र