कोरोना जितेका पूर्व राजदम्पतीले दिए अस्पताल र शुभेच्छुकलाई धन्यवाद « Khabarhub

कोरोना जितेका पूर्व राजदम्पतीले दिए अस्पताल र शुभेच्छुकलाई धन्यवाद


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड–१९ संक्रमणमुक्त भएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले उपचारमा संलग्न अस्पताल र शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद र आभार प्रकट गरेका छन् ।

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर फर्किएपछि कोभिड संक्रमण भएका पूर्व राजा रानी राजधानीस्थित नर्भिक अस्पतालमा उपचारका लागि वैशाख ११ गते भर्ना भएका थिए ।

शनिबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा र पूर्वरानीले अस्पताल, सरोकारवाला सबै र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद प्रकट गरेका हुन् ।

वैशाख ११ गते नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वराजा केही दिनअघि डिस्चार्ज भएका थिए । पूर्वरानी कोमल र छोरी प्रेरणा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ७ : ४६ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान