कोरोना जितेका पूर्व राजदम्पतीले दिए अस्पताल र शुभेच्छुकलाई धन्यवाद | Khabarhub Khabarhub

कोरोना जितेका पूर्व राजदम्पतीले दिए अस्पताल र शुभेच्छुकलाई धन्यवाद


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड–१९ संक्रमणमुक्त भएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले उपचारमा संलग्न अस्पताल र शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद र आभार प्रकट गरेका छन् ।

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर फर्किएपछि कोभिड संक्रमण भएका पूर्व राजा रानी राजधानीस्थित नर्भिक अस्पतालमा उपचारका लागि वैशाख ११ गते भर्ना भएका थिए ।

शनिबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा र पूर्वरानीले अस्पताल, सरोकारवाला सबै र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद प्रकट गरेका हुन् ।

वैशाख ११ गते नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वराजा केही दिनअघि डिस्चार्ज भएका थिए । पूर्वरानी कोमल र छोरी प्रेरणा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ७ : ४६ बजे

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले