जसपामा फाटो आउँदै, ठाकुर र महतो पक्षमाथि कारबाहीको तयारी « Khabarhub

जसपामा फाटो आउँदै, ठाकुर र महतो पक्षमाथि कारबाहीको तयारी


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) मा उत्पन्न विवादसँगै अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई कारवाहीको तयारी थालेको छ ।

यादव–भट्टराई पक्षले ठाकुर–महतोसहितका नेतालाई अनुशासन कारवाही गर्नेबारे छलफल थालेसँगै पार्टी विभाजनको डिलमा पुगेको छ । कारवाहीका लागि यादव–भट्टराई पक्षले कार्यकारिणी समिति बैठक बोलाएर छलफल थालेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान विपरीत संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको प्रचार गरिनु अनैतिक ठहर गरेको छ । बैठकपछि यादव पक्षका सांसद रामबाबु यादवले संसदीय दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन गर्नेहरु कारवाहीको भागीदार हुने बताए ।

महन्थ ठाकुर समूहले आफूलाई विधानमाथि ठानेको यादव–भट्टराई पक्षको आरोप छ ।

आजको कार्यकारिणी समितिको बैठकमा पार्टीभित्र बढेको विवाद र ठाकुर पक्षलाई सामना गर्ने विषयमा छलफल भएको छ । तर, यादव–भट्टराई पक्षले बोलाएको बैठकलाई अर्का अध्यक्ष ठाकुरले पार्टीको आधिकारिक बैठक नभएको भन्दै आजै एक विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएका थिए ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ८ : ३८ बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको