पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका ३० जिल्ला « Khabarhub

पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका ३० जिल्ला


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ८ सय ४८ परीक्षणमा सो परिणाममा कोरोना पुष्टि भएको छ । जसमध्ये १७ हजार ९ सय ७१ जनाको पीसीआर र ५ सय ५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालका ३० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका ३० जिल्ला :

प्रदेश १ मा मोरङ, झापा, सुनसरी, प्रदेश २ मा धनुषा, पर्सा, महोत्तरी रहेका छन् । यस्तै, वाग्मति प्रदेशमा काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र सिन्धुली रहेका छन् ।

गण्डकी प्रदेशमा कास्की, नवलपरासी पूर्व, गोरखा र तनहुँ छन् भने लुम्बिनी प्रदेशमा दाङ, बाँके, रुपन्देही, कपिलवस्तु, पाल्पा र बर्दिया छन् ।

यसैगरी, कर्णालीमा सुर्खेत मात्रै एक जिल्ला रहेको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली, बैतडी र कञ्चनपुर छन् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ८ : ५५ बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको