काठमाडौँ उपत्यकामा एकैदिन ६८ सङ्क्रमितको मृत्यु « Khabarhub

काठमाडौँ उपत्यकामा एकैदिन ६८ सङ्क्रमितको मृत्यु


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ६८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ६८ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरि चौबीस घण्टामा १८७ सङ्क्रमितको मृत्यु भएको छ ।

कोभिड १९ सम्बन्धी दैनिक विवरणमा मन्त्रालयले उल्लेख गरे बमोजिम काठमाडौंमा चौबीस घण्टामा ४६, ललितपुरमा १४ र भक्तपुरमा आठ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । काठमाडौंमा कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार १०१, ललितपुरमा २९७ र भक्तपुरमा २१७ जना सङ्क्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ९३७ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा दुई हजार १४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । देशैभरि पछिल्लो चौबीस घण्टामा आठ हजार ४६ सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले जनाए अनुसार काठमाडौंमा हाल ३० हजार १२४ जना सक्रिय सङ्क्रमित छन् । ललितपुरमा सात हजार १०१ र भक्तपुरमा पाँच हजार सक्रिय सङ्क्रमित छन् । काठमाडौं जिल्लामा पछिल्लो चौबीस घण्टामा सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । काठमाडौंमा शुक्रबारसम्म सक्रिय सङ्क्रमित ३० हजार ४५२ थिए ।

काठमाडौंमा हालसम्म एक लाख ६१ ह्जार १३७ जना सङ्क्रमितको पुष्टि भएकोमा एक लाख २९ हजार ९१२ जना कोरोनामुक्त भएका छन् । ललितपुरमा हालसम्म २७ हजार ३२७ जना सङ्क्रमित भएकोमा १९ हजार ९२९ जना निको भएको र भक्तपुरमा १६ हजार २५० जना सङ्क्रमित भएकोमा ११ हजार ३३ जना कोरोनामुक्त भएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ९ : २० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको