युरोकपमा स्लोभाकियाको विजयी सुरुवात « Khabarhub

युरोकपमा स्लोभाकियाको विजयी सुरुवात


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्लोभाकियाले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोलले हराउँदै स्लोभाकियाले विजयी सुरुवात गरेको हो  ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको १८औँ मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको हो ।

स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कदै गोलकिपर वजचिएकलाई लाग्दै गोलमा परिणत भएको थियो ।

४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा ल्याए । तर, मिडफिल्डर ग्रिजोर्ज क्रिजोयिक ६२औं मिनेटमा दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि पोल्याण्डले अर्को गोल खायो ।

६९औँ मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २-१ को जित दिलाए ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : ४५ बजे

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको