कोपा अमेरिका कपमा पराग्वेको शानदार शुरूवात « Khabarhub

कोपा अमेरिका कपमा पराग्वेको शानदार शुरूवात


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोपा अमेरिका फुटबलमा पाराग्वेले बोलिभियाविरूद्ध प्रभावशाली जित निकालेको छ ।

मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेले १० खेलाडीमा सीमित बोलिभियालाई ३–१ को फराकिलो जित निकालेको हो ।

सुरुवाती १०औँ मिनेटमा इरविन सावेद्राले पेनाल्टीमा गोल गर्दै लिएको अग्रतालाई कायम राख्न नसक्दा बोलिभिया पराजित भएको हो ।

पहिलो हाफको अन्तिम समयमा जेम कुएलारो रातो कार्ड खादै मैदान बाहिरिएपछि बोलिभियाविरूद्ध पाराग्वे हावी भएको थियो ।

दोस्रो हाफमा एलेजान्द्रो रोमेरोले गोल गर्दै पाराग्वेलाई खेलमा फर्काए । त्यसको तीन मिनेटमै एन्जेल रोमेरोले पाराग्वेको अग्रता दोब्बर बनाए ।

खेल सकिन १० मिनेट अघि रोमेरोले ब्यक्तिगत दोस्रो गोल गर्दै पाराग्वेको जित सुनिश्चित गरे ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ४० बजे

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा

भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो