कोपा अमेरिका कपमा पराग्वेको शानदार शुरूवात « Khabarhub

कोपा अमेरिका कपमा पराग्वेको शानदार शुरूवात


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोपा अमेरिका फुटबलमा पाराग्वेले बोलिभियाविरूद्ध प्रभावशाली जित निकालेको छ ।

मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेले १० खेलाडीमा सीमित बोलिभियालाई ३–१ को फराकिलो जित निकालेको हो ।

सुरुवाती १०औँ मिनेटमा इरविन सावेद्राले पेनाल्टीमा गोल गर्दै लिएको अग्रतालाई कायम राख्न नसक्दा बोलिभिया पराजित भएको हो ।

पहिलो हाफको अन्तिम समयमा जेम कुएलारो रातो कार्ड खादै मैदान बाहिरिएपछि बोलिभियाविरूद्ध पाराग्वे हावी भएको थियो ।

दोस्रो हाफमा एलेजान्द्रो रोमेरोले गोल गर्दै पाराग्वेलाई खेलमा फर्काए । त्यसको तीन मिनेटमै एन्जेल रोमेरोले पाराग्वेको अग्रता दोब्बर बनाए ।

खेल सकिन १० मिनेट अघि रोमेरोले ब्यक्तिगत दोस्रो गोल गर्दै पाराग्वेको जित सुनिश्चित गरे ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ४० बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट