राखेप सदस्यसचिव सिलवाल 'रक्सी र केटी भनेपछि हुरुक्कै हुने' मन्त्री मनाङेको दाबी, राखेपद्वारा कारबाहीको माग | Khabarhub Khabarhub

राखेप सदस्यसचिव सिलवाल ‘रक्सी र केटी भनेपछि हुरुक्कै हुने’ मन्त्री मनाङेको दाबी, राखेपद्वारा कारबाहीको माग


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल ‘रक्सी र केटी भनेपछि हुरुक्कै हुने’ दाबी गरेका छन् ।

पत्रकारहरुसँग मन्त्री मनाङेले सदस्य सचिव सिलवाल र परिषद सदस्य राजेश गुरुङका सम्बन्धमा उक्त अभिव्यक्ति दिएका हुन् । यही अभिव्यक्तिको भिडियो क्लिपहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

मन्त्री गुरुङले पत्रकारहरुसँग कुरा गर्दै यसो भनेका थिए-

….. सिलवाल र मोटे जत्तिका ठग मान्छे त मैले देखेकै छैन, उनीहरुको सम्बन्ध राम्रो छ । सिलवाल यहाँ आउने, मोज गर्ने । सिलवाल भनेको रक्सी र केटी भनेपछि पागल हुने । मान्छेले भन्न अप्ठ्यारो मान्ला तर के गर्ने विचरा । अब सायद त्यस्को घरमा स्वास्नी राम्रो छैन होला । प्रोबलम त होला । यो फेरि हाँस्ने कुरा होइन यो । यो फ्याक्ट नै हो । …..

यही अभिव्यक्तिका कारण मन्त्री मनाङे विवादमा तानिएका  छन्।

यता राष्ट्रिय खेलकुद परिषद् (राखेपले) मन्त्री गुरुङको भनाइप्रति खेद प्रकट गर्दै उनलाई कानून बमोजिम कारबाहीको माग गरेको छ ।

मनाङेले ‘अराजक एवं अशिष्ट’ अभिव्यक्ति दिएको भन्दै राखेपले विज्ञप्तिमार्फत खेद प्रकट गरेको हो।

मन्त्री गुरुङले सदस्य–सचिव सिलवाल र परिषद्का सदस्य राजेश गुरुङको नाम लिएर अत्यन्त अमर्यादित, अशोभनीय, लाञ्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति सार्वजनिक भएको जनाएको छ ।

परिषदले मन्त्री गुरुङको अभिव्यक्तिको भर्त्सना गर्दै उनीमाथि प्रचलित कानून बमोजिम कारबाहीको माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले परिकल्पना गरेको प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्ने खालको अभिव्यक्ति एउटा जनप्रतिनिधि एवं मन्त्रीबाट बाहिर आउनु आफैँमा खेदजनक रहेको छ ।’

विज्ञप्तिमा खेलकुदको विकास र विस्तारमा अनवरत लागिरहेका सदस्य–सचिव सिलवाल र सदस्य राजेश गुरुङमाथि यस्तो अभिव्यक्ति आउनु सम्पूर्ण खेल जगतको अपमान भएको महसुस भएको उल्लेख गरिएको छ ।

राखेपले मन्त्री गुरुङबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिव्यक्तिको राखेपले भत्र्सना एवं निन्दा गरेको छ । राखेपले गुरुङको अभिव्यक्तिले नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गरेको छ ।

मन्त्री गुरुङले पत्रकारहरूसँग कुरा गर्दै राखेपका सदस्य सचिव सिलवालबारे मदिरा र यौनसम्बन्धी टिप्पणी गरेका थिए । मन्त्री गुरुङले सिलवालका लागि ‘रक्सी र केटी’ को व्यवस्था मिलाउने काम ‘मोटे’ले गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ७ : १० बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर