बहराइनले तत्काल नेपाली कामदार नलिने | Khabarhub Khabarhub

बहराइनले तत्काल नेपाली कामदार नलिने


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीको कारण बहराइनले तत्काल नेपालसहित अन्य ‘रेड लिस्ट’मा रहेका देशबाट कामदार नलिने भएको छ ।

सङ्क्रमण नियन्त्रणका लागि भन्दै बहराइनले नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र भियतनामका नागरिकलाई तत्काललाई नयाँ ‘वर्क परमिट’ नदिने घोषणा गरेको त्यहाँको लेबर मार्केट रेगुलाटरी अथोरिटीले जनाएको छ ।

बहराइनले संक्रमणको उच्च जोखिम ‘रेड लिस्ट’ मा रहेको देशका कामदारलाई तत्काल आफ्नो देशमा प्रवेश रोक लगाउने निर्णय गरेको अथोरिटीले जनाएको छ ।

नेपालमा कोरोना संक्रमण बढेपछि बहराइनले नेपाललाई २४ मे महिनामा ‘रेड लिस्ट’ रहेको थियो। सङ्क्रमण कम हुँदै गएपछि बहराइनले फेरि अर्को सूचना जारी गर्ने जनाएको छ ।

बहराइनमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५८ हजार ७३१ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या २ लाख ४४ हजार ५७९ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ हजार २२१ रहेको बहराइनको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

बहराइनले पनि संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट त्यहाँ के कति नेपाली सङ्क्रमित भए कतिले ज्यान गुमाए त्यहाँस्थित नेपाली दूतावाससंग पनि कुनै तथाङ्क छैन ।

त्यहाँबाट पनि नियम उडान नहुँदा खास गरी उडान बन्द हुनु अगाबै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश र्फकने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपाली बढी समस्यामा रहेका छन् । बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ११ : १० बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी