गरुण पुराणका अनुसार पुण्य कमाउन ७ कुरा « Khabarhub

गरुण पुराणका अनुसार पुण्य कमाउन ७ कुरा


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

व्यक्तिको जीवन कसरी खुसीमय बनाउने भनेर केही नीतिका बारेमा गरुड पुराणमा चर्चा गरीएको छ । यस पुराणको एक श्लोक अनुसार यस्ता केही ७ चीज छन् जसलाई हेरे मात्र पनि पुण्य प्राप्त हुन्छ ।

श्लोक
गोमूत्रं गोमयं दुग्धं गोधूलिं गोष्ठगोष्पदम् ।
पक्कसस्यान्वितं क्षेत्रं द्ष्टा पुण्यं लभेद् ध्रुवम् ।।

अर्थात : गरुड पुराण अनुसार गोमूत्र, गोबर, गाइको दूध, गोधूलि, गौशाला, गोखुर र पाकेको अन्नले भरीएको खेत देखेमा मात्र पुण्य फल प्राप्ति हुन्छ ।

गोमूत्र
हिन्दू धर्ममा गाइलाई माता र दैवीय पशु मानिन्छ । शास्त्र अनुसार गोमूत्र पनि पवित्र हुन्छ । मान्यता अनुसार गोमूत्रमा गंगाको वास हुन्छ । आयुर्वेद यो औषधिको रूपमा प्रयोग गरीन्छ । तसर्थ गरुड पुराण अनुसार गोमूत्र देखेमा मात्र पुण्य प्राप्ति हुन्छ ।

गोबर
गोमूत्र जस्तै सनातन धर्ममा गाइको गोबरलाई पवित्र मानिन्छ । पुजाकोठा लिप्न होस् वा गौरी र गणेशको प्रतिमा बनाउन गाइको गोबर नै प्रयोग हुन्छ । त्यसैले पुराण अनुसार यस्तो पवित्र मानिएको गोबर देख्नु शुभ फल र पुण्य प्राप्तीको कारक मानिन्छ ।

गाइको दूध
गाइको दूध सदियौंबाट अमृत समान मानिएको छ । पूजामा समेत पञ्चामृतमा गाइको दूध नै प्रयोग गरीन्छ । आयुर्वेदिक उपचारदेखि शिशुको भोजनसम्म गाइको दूध नै प्रयोग हुन्छ । त्यसैले पुराण अनुसार अमृत समान मानिएको गाइको दूध देख्दा मात्र पुण्य प्राप्ति हुन्छ ।

गोधूलि
गोधूलिको अर्थ हो, गाइको खुट्टाबाट निस्कने धुलो । जो साँझमा चरेर गोठ फर्केका गाईको खुरले कुल्चेर निस्कने गर्दछ । सनातन धर्ममा गोधुली पनि देख्नु पनि पुण्य मानिन्छ ।

गौशाला
जहाँ गौ माताको बास हुन्छ, त्यसलाई गौशाला भनिन्छ । त्यसैले यो पवित्र मानिन्छ । गरुड पुराण अनुसार गौशालाको दर्शनले मात्र पनि व्यक्ति पुण्यको भागीदार बन्दछ ।

गोखुर
गोखुर अर्थात गाइको खुट्टा । जसरी मानिस ठुलाबडाको आर्शिवाद लिन उनिहरुको खुट्टा छुने गर्दछ र त्यसो गर्दा पुण्य प्राप्ति हुने मान्यता छ । त्यसैगरी गाइको खुट्टा छुनु पुण्य बराबर मानिएको छ । पुराण अनुसार गाईको खुर देखे मात्रमा पुण्य पाउन सकिन्छ ।

पाकेको अन्नवाला खेत
गरुड पुराण अनुसार पाकेको अन्नले भरीएको खेत देख्दा मात्र पुण्य प्राप्ति गर्न सकिन्छ । पाकेको अन्नले भरीएको खेत किसानको मेहनत र समृद्धिको सुचक मानिन्छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ५५ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध