बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा « Khabarhub

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निरन्तर वर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ र चामे बजार डुबानमा परेको छ ।

नासों गाउँपालिका १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदी बढेर बाढी आएर डुबानमा परेको हो ।

मर्स्याङ्दी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेको स्थानीय करसाङ गुरुङले बताए । बाँकी घर पनि जोखिममा परेका छन् । स्थानीय घर छाडेर सुरक्षित ठाँउमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले बताए ।

उनका अनुसार तालगाउँ र चामे बजारका स्थानीय अहिले सुरक्षित ठाउँमा वस्तीको कुना क्षेत्र, पानी नभएको ठाउँमा बसेका छन् । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर वस्ती माथि डुबाउँदै आएको स्थानीय मिनराशी गुरुङले बताइन ।

मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले उक्त क्षेत्रमा प्रहरी खटिसकेको बताए । तालमा रहेको प्रहरी चौकीका टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेका छन् । उनका अनुसार गाउँसंगै विद्यालय र वडा कार्यालय पनि डुबानमा परेको छ ।

वर्षाका कारण चामेको नयाँबजार नजिकैको घट्टेखोला बढेर वस्तीभित्र बाढी पसेको सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डीएसपी होमनाथ पन्थीले बताए । विभिन्न खोलाले बगाएको ठूला ढुंगाले मर्स्याङदी नदीको बहाव रोकिदा मनाङको सदरमुकाम चामे समेत डुवानको जोखिममा परेको छ ।

चामेस्थित तातोपानी कुण्ड नदीले बगाएको छ भने पारी पट्टीका केही घरहरु डुब्न थालेका छन् । लगातारको वर्षापछि आएको बाढीले मनाङमा विद्युतगृह, बेलिब्रिज र काठेपुल बगाएको डिएसपी पन्थीको भनाइ छ ।

सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले क्षति पुर्‍याएको छ ।

चामेको नयाँबजारका स्थानीयलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयले सुरक्षित स्थानमा स्थान्तरण गरेका छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १ : ०९ बजे

भन्सारमा कडाइ : उपभोक्ता विरोधमा उत्रिँदा व्यवसायी भने उत्साहित, बढ्नसक्छ राजस्व

काठमाडौं– सरकारले केही दिन यता भारतबाट आउने वस्तुको भन्सार जाँचपासमा

गृहमन्त्रीबारे रवि र बालेनसँग राजेन्द्रले खोजे जवाफ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न

अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा

काठमाडौं- पाकिस्तानमा हुने भनिएको अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले