बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा « Khabarhub

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निरन्तर वर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ र चामे बजार डुबानमा परेको छ ।

नासों गाउँपालिका १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदी बढेर बाढी आएर डुबानमा परेको हो ।

मर्स्याङ्दी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेको स्थानीय करसाङ गुरुङले बताए । बाँकी घर पनि जोखिममा परेका छन् । स्थानीय घर छाडेर सुरक्षित ठाँउमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले बताए ।

उनका अनुसार तालगाउँ र चामे बजारका स्थानीय अहिले सुरक्षित ठाउँमा वस्तीको कुना क्षेत्र, पानी नभएको ठाउँमा बसेका छन् । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर वस्ती माथि डुबाउँदै आएको स्थानीय मिनराशी गुरुङले बताइन ।

मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले उक्त क्षेत्रमा प्रहरी खटिसकेको बताए । तालमा रहेको प्रहरी चौकीका टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेका छन् । उनका अनुसार गाउँसंगै विद्यालय र वडा कार्यालय पनि डुबानमा परेको छ ।

वर्षाका कारण चामेको नयाँबजार नजिकैको घट्टेखोला बढेर वस्तीभित्र बाढी पसेको सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डीएसपी होमनाथ पन्थीले बताए । विभिन्न खोलाले बगाएको ठूला ढुंगाले मर्स्याङदी नदीको बहाव रोकिदा मनाङको सदरमुकाम चामे समेत डुवानको जोखिममा परेको छ ।

चामेस्थित तातोपानी कुण्ड नदीले बगाएको छ भने पारी पट्टीका केही घरहरु डुब्न थालेका छन् । लगातारको वर्षापछि आएको बाढीले मनाङमा विद्युतगृह, बेलिब्रिज र काठेपुल बगाएको डिएसपी पन्थीको भनाइ छ ।

सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले क्षति पुर्‍याएको छ ।

चामेको नयाँबजारका स्थानीयलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयले सुरक्षित स्थानमा स्थान्तरण गरेका छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १ : ०९ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी