सर्वोच्च बारद्वारा घिमिरे र केसी एमिकस क्युरीमा सिफारिस « Khabarhub

सर्वोच्च बारद्वारा घिमिरे र केसी एमिकस क्युरीमा सिफारिस


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद् विघटनसम्बन्धी मुद्दामा तटस्थ राय दिन सर्वोच्च अदालत बार एसोसिएसनले एमिकस क्युरीको रुपमा दुई जना वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरेको छ।

सर्वोच्च बारले वरिष्ठ अधिवक्ताहरू कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको हो । मंगलबार बसेको सर्वोच्च बारको बैठकले उनीहरूलाई एमिकस क्युरीमा पठाउन सिफारिस गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि सर्वोच्च अदालतले एमिकस क्युरीका रुपमा सर्वोच्च बार र नेपाल बार एसोसिएसनका तर्फबाट दुई दुई जना मगाउने निर्णय गरेको थियो। नेपाल बारले भने नाम सिफारिस गरेको छैन।

प्रतिनिधि सभा विघटनको मुद्दामा एमिकस क्युरीका सदस्यहरूले बहस गर्न पाउने छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको यही असार ९ गतेदेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। सर्वोच्चले नेपाल बार र सर्वोच्चबाट २/२ जनाको नाम मागेको थियो ।

गत जेठ ८ गते संसद विघटन भएपछि त्यसविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन छ । यही मुद्दामा सुनुवाइ गर्दै संवैधानिक इजलासले एमिकस क्युरी मगाएको थियो ।

हेर्नुहोस् सिफारिस पत्र

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै