महिला भलिबल टिमको बन्द प्रशिक्षण : यस्तो रह्यो पहिलो दिन (फोटोफिचर) « Khabarhub

महिला भलिबल टिमको बन्द प्रशिक्षण : यस्तो रह्यो पहिलो दिन (फोटोफिचर)


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण मंगलबारदेखि शुरू भएको छ ।

फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमले मंगलबारदेखि त्रिपुरेश्वरस्थित कभर्ड हलमा बन्द प्रशिक्षण शुर‍ू गरेको हो । एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।

नेपाल भलिबल संघ (एनभीए) ले कोरोना महामारीलाई मध्येनजर गर्दै बन्द प्रशिक्षण सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर शुरू गरिएको जनाएको छ । यस अघि जेठ २१ गतेबाट शुरू गर्ने भनिएको प्रशिक्षण निषेधाज्ञाका कारण सबै खेलाडी काठमाडौँ आईनपुग्दा संघले प्रशिक्षण केही समयका लागि स्थगित गरेको थियो ।

संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा समावेश गरेको छ । राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले बन्द प्रशिक्षणबाट राम्रो टिम बन्ने विश्वास व्यक्त गरिन् । डेढ महिनाको आरामपछि प्रशिक्षण शुरू भएको र आफूहरू उत्कृष्ट प्रदर्शनका लागि थप मेहनत गर्ने बताइन् ।

त्यस्तै खेलाडी प्रतिभा मालीले एसियन सिनियर महिला भलिबल खेल्न उत्साहित रहेको बताइन् ।

बन्द प्रशिक्षणका लागि संघका उपाध्यक्ष निरोज मास्केसहित नेपाली टिमका प्रशिक्षक जगदिश भट्ट र प्रज्वलबहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो ।

जसमा पाँच वैकल्पिक खेलाडी समेत राखिएको छ । संघले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी भट्ट तथा र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : १५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी