लुम्बिनीले ल्यायो ४० अर्ब ९५ करोड ९७ लाखको बजेट, कोरोना नियन्त्रण प्राथमिकतामा (पूर्ण पाठ) « Khabarhub

लुम्बिनीले ल्यायो ४० अर्ब ९५ करोड ९७ लाखको बजेट, कोरोना नियन्त्रण प्राथमिकतामा (पूर्ण पाठ)



बुटवल– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट प्रस्तुत गरेको छ ।

प्रदेशसभामा आज लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले बजेट सार्वजानिक गर्दै चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख ४३ हजार र पूजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ करोड विनियोजन गरेको बताए । स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार बजेट विनियोजन गरिएको मन्त्री चौधरीले बताए ।

मन्त्री चौधरीले बेजेटको स्रोतकारुपमा आन्तरिक राजश्वबाट ४ अर्ब २९ करोड ५० लाख ५० हजार, राजश्व बाँडफाँटबाट १३ अर्ब २० लाख, रोयल्टी मार्फतबाट १ अर्ब १ लाख ५० हजार, वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब, २ करोड ९७ लाख, सशर्त अनुदानबाट ६ अर्ब १ करोड ३ लाख, समपूरक अनुदानबाट ७२ करोड १६ लाख, विशेष अनुदानबाट २३ करोड ४९ लाख र चालु आर्थिक वर्षको बचतबाट ७ अर्ब ५ करोड रहने अनुमान रहेको छ ।

बजेटमा कोभिड–१९ महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरेको छ । बजेट घोषणा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालााई विशिष्टिकृत अस्पतालको रुपमा निर्माण थालनी गर्न सरकारले आगामी आर्थिक वर्षको लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको बताए । त्यस्तै राप्ती प्रादेशिक अस्पताललाई विशिष्किृत अस्पतालको रुपमा विकास गर्नका लागि त्यसको विस्तृत परियोजना रिपोर्ट अर्थात् डीपीआर निर्माणसम्मका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

हालसम्म ५० शैय्यामा स्तरोन्नति भएका सबै अस्पतालमा विशेषज्ञ सेवा सुरु गरिने मन्त्री बैजनाथ चौधरीले बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन गरिएको उनको भनाइ छ । त्यस्तै प्रदेशको जनस्वास्थ्य प्रयोगशालालाई दोस्रो लेभलमा स्तरोन्नती गर्नका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

दाङको लमहीमा बनाउने भनिएको ट्रमा सेन्टरका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । दाङ प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्नति र बुटवलको लुम्बिनी आयुर्वेद अस्पतालालाई २० शैय्याको आयुर्वेद अस्पतालको रुपमा विकास गर्न दुई करोड रुपैयाँ छुट्याइएको मन्त्री चौधरीले बताए । साथै नवलपरासी पश्चिम र रुकुम पूर्वमा आयुर्वेद अस्पताल सञ्चालन गर्न एक करोड रुपैयाँ छुट्याइएको छ ।

यस्तै प्रदेश सरकारले कृषि प्राविधिक सेवामा कृषकको पहुँच कार्यक्रम सञ्चालनको लागि ३३ करोड रकम विनियोजन गरेको छ । आर्थिक मामिला मन्त्री बैजनाथ भाग्यमा होईन कर्ममा कृषि क्षेत्रको आवश्यक तथ्याङ्क संकलन गर्ने कृषि प्रविधि १०९ वटै स्थानीय तहमा कृषि आधुनिक करणको लागि चालु आर्थिक वर्ष १ अधिृकत राख्ने गरी
स्थानीय जनशक्ति थपको लागि कृषि योजना निर्माण गर्ने गरि कृषि प्राविधिक सेवामा कृषकको पहुँच कार्यक्रम ल्याउँने ३३ करोड विनियोजन गरेको छ ।

बुटवल–तानसेन सडकको विकल्पका रुपमा बनेको वैकल्पिक सडक बुटवल धागो कारखानादेखि झुम्सा जोड्ने सडकलाई थप व्यवस्थित गर्न लुम्बिनी प्रदेश सरकारले बजेट छुट्याएको छ । धागो कारखाना–झुम्सा जोड्ने सडक निर्माण शुरु गर्नको लागि १० करोड विनियोजन भएको छ । यस्तै सार्वजनिक यातायात व्यवसायीले तिर्नुपर्ने करमा लुम्बिनी प्रदेश सरकारले छुटको व्यवस्था गरेको छ । सरकारले घोषणा गरेको लकडाउनको मारमा परेर नोक्सान बेहोर्नु परेको कुरालाई मध्यनजर गर्दै सार्वजनिक यातायात व्यवसायीले तिर्नुपर्ने बार्षिक करमा ३३ प्रतिशत छुटको व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले जानकारी दिए ।

त्यस्तै चालु आर्थिक वर्षमा बुझाउनुपर्ने सवारी साधन कर सवारी धनीले असार मसान्तसम्म नबुझाएमा ४० प्रतिशत सम्म जरिमाना बुझाउनुपर्ने व्यवस्थालाई पनि सरकारले परिवर्तन गरेको छ । लकडाउनलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०७८/०७९ को तीन महिनाभित्र कर तिरेमा कुनै पनि जरिमाना नलाग्ने व्यवस्था गरिएको छ ।

यस्तो छ बजेटको पूर्ण पाठ

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ७ : २० बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले