धितोपत्र बोर्डद्वारा जोखिमयुक्त ५१ कम्पनीको विवरण सार्वजनिक (सूचीसहित) « Khabarhub

धितोपत्र बोर्डद्वारा जोखिमयुक्त ५१ कम्पनीको विवरण सार्वजनिक (सूचीसहित)


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले शेयर मूल्यमा चलखेल गरी अस्वभाविक मूल्य वृद्धि गर्ने ५१ वटा संस्थालाई जोखिमयुक्त कम्पनीमा राखेर विस्तृत अध्ययन प्रक्रिया अगाडि बढाएको छ ।

धितोपत्र बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सूचकका आधारमा जोखिमयुक्त देखिएको ५१ कम्पनीलाई छनोट गरी प्रारम्भिक अध्ययन गरिएको जनाएको छ ।

प्रारम्भिक अध्ययनले शेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य वृद्धि गरिएको पाइएको जनाएको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको शेयर मूल्यमा यस्तो मूल्य वृद्धि गरिएको बोर्डको निष्कर्ष छ ।

शेयर बजारमा अस्वाभाविक उछाल आएपछि बोर्डले अध्ययन थालेको थियो । अध्ययनमा शेयर बजारमा भएको उच्च वृद्धि स्वाभाविक नभएको बोर्डले जनाएको छ । बोर्डले उक्त प्रतिवेदन अर्थ मन्त्रालयमा पनि बुझाएको छ ।

शेयर मूल्यमा उच्च वृद्धि हुनुमा लकडाउनका कारण अर्थतन्त्रकाका अन्य क्षेत्र ठप्प भएको, अनलाइनबाटै कारोबार गर्न सकिने, ब्याजदर घटेको, रेमिट्यान्स बढेको लगायत कारण पनि उल्लेख छ ।

तर, बजारमा अनुशासनको अभाव भने देखिएको बोर्डको भनाइ छ । बोर्डलाई सबै पक्षबाट बलियो नबनाएसम्म बजारलाई सही ट्रयाकमा ल्याउन अप्ठ्यारो हुने निष्कर्ष पनि प्रतिवेदनमा उल्लेख छ ।

हेर्नुहोस् सूची

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ७ : ३६ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा