धितोपत्र बोर्डद्वारा जोखिमयुक्त ५१ कम्पनीको विवरण सार्वजनिक (सूचीसहित) « Khabarhub

धितोपत्र बोर्डद्वारा जोखिमयुक्त ५१ कम्पनीको विवरण सार्वजनिक (सूचीसहित)


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले शेयर मूल्यमा चलखेल गरी अस्वभाविक मूल्य वृद्धि गर्ने ५१ वटा संस्थालाई जोखिमयुक्त कम्पनीमा राखेर विस्तृत अध्ययन प्रक्रिया अगाडि बढाएको छ ।

धितोपत्र बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सूचकका आधारमा जोखिमयुक्त देखिएको ५१ कम्पनीलाई छनोट गरी प्रारम्भिक अध्ययन गरिएको जनाएको छ ।

प्रारम्भिक अध्ययनले शेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य वृद्धि गरिएको पाइएको जनाएको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको शेयर मूल्यमा यस्तो मूल्य वृद्धि गरिएको बोर्डको निष्कर्ष छ ।

शेयर बजारमा अस्वाभाविक उछाल आएपछि बोर्डले अध्ययन थालेको थियो । अध्ययनमा शेयर बजारमा भएको उच्च वृद्धि स्वाभाविक नभएको बोर्डले जनाएको छ । बोर्डले उक्त प्रतिवेदन अर्थ मन्त्रालयमा पनि बुझाएको छ ।

शेयर मूल्यमा उच्च वृद्धि हुनुमा लकडाउनका कारण अर्थतन्त्रकाका अन्य क्षेत्र ठप्प भएको, अनलाइनबाटै कारोबार गर्न सकिने, ब्याजदर घटेको, रेमिट्यान्स बढेको लगायत कारण पनि उल्लेख छ ।

तर, बजारमा अनुशासनको अभाव भने देखिएको बोर्डको भनाइ छ । बोर्डलाई सबै पक्षबाट बलियो नबनाएसम्म बजारलाई सही ट्रयाकमा ल्याउन अप्ठ्यारो हुने निष्कर्ष पनि प्रतिवेदनमा उल्लेख छ ।

हेर्नुहोस् सूची

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ७ : ३६ बजे

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा