शेयर बजारमा ३.७२ अंकको गिरावट, साढे १६ अर्बको कारोबार « Khabarhub

शेयर बजारमा ३.७२ अंकको गिरावट, साढे १६ अर्बको कारोबार


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबार कीर्तिमान बनाएको शेयर बजारमा मंगलबार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३.७२ अंकले ओरालो लागेको हो ।

क वर्गंका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक भने शून्य दशमलव २५ अंकले हरियो छ । आजको कारोबारमा २ सय २६ कम्पनी सामेल भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार ती कम्पनीको आज ३ करोड ९ लाख ४८ हजारभन्दा धेरै कित्ता सेयर बिक्री भएको छ ।

दिनभरीमा एक लाख ६४ हजार ७ सय ९० पटकको किनबेचमा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७ सय ३९ रुपैयाँको सेयर कारोबार भएको हो ।

आज १३ मध्ये लगानी, म्युचुअल फन्ड, अन्य, उत्पादन र होटल तथा पर्यटन समूहको सूचक बढे पनि बाँकी समूहको घटेको छ ।

आजको कारोबारमा तीनवटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा आम्दानी गरेका छन् । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी र युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले क्रमशः ६०, २७ र ३६ रुपैयाँ प्रतिशेयर आम्दानी गरेको नेप्सेले जनाएको छ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ३० बजे

काठमाडौँ-८ मा रास्वपाका श्रेष्ठको बलियो पकड

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

छिटपुट घटनाबाहेक सर्लाहीमा शान्तिपूर्ण मतदान, ६० प्रतिशत मत खस्यो

बरहथवा (सर्लाही)- सर्लाही जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ

बाँके–२ को मतगणना सुरु

खजुरा, (बाँके)- बाँके निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु

जुम्लामा ४१ हजार २१० मत खस्यो

जुम्ला- बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लामा शान्तिपूर्ण तरिकाले सम्पन्न

तनहुँमा ५१.७४ प्रतिशत मतदान

दमौली (तनहुँ)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा ५१.७४ प्रतिशत मत खसेको