लमजुङको दोर्दी खोलामा आएको बाढीले दुई घर बगायो « Khabarhub

लमजुङको दोर्दी खोलामा आएको बाढीले दुई घर बगायो


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– आइतबारदेखि निरन्तर परेको वर्षाका कारण लमुजङ जिल्लाको दोर्दी खोलामा आएको बाढीले दुई घर बगाएको छ । दोर्दी गाउँपालिका –८ हिलेबजारका चतुरे विक र कन्या तामाङको घर आज साँझ खोलाको बाढीले बगाएको हो ।

खोलामा पानीको बहाव बढिरहेको र नजीकै भएकाले ती घर बगेका हुन् । घर बगाएपछि बेँसीशहर नगरपालिका वडा नं. ११ चिती प्रहरीचौकीका पाँच हरी त्यसतर्फ जाँदै गरे पनि बाटो अप्ठ्यारो र पानी निरन्तर परिरहेकाले पुग्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज रेग्मीले बताए ।

त्यस्तै सोही खोलाले दोर्दी– ६ कृतिपुरका कृष्ण घलेको कृषि फार्मसमेत बगाएको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । जिल्लामा विभिन्न स्थानमा खोला नजीकै र जमीन कच्चा भएको स्थानका दर्जनौँ घर जोखिममा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले समेत आज सूचना जारी गर्दै मर्स्याङ्दी र दोर्दी गाउँपालिका तथा बेँसीशहर, सुन्दरबजार र राइनास नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा पानीको बहाव बढिरहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनका साथै आसपासका शाखा नदी नजिकका कमजोर भिरालो जमीन क्षेत्रका बासिन्दालाई सुरक्षितसँग बस्न आग्रह गरेको छ ।

यतिबेला जिल्लाका मर्स्याङ्दी नदी तथा दोर्दी, किसेदी, रिस्ती, मिदिम खोलालगायत दर्जनौँ खोलामा पानीको बहाव वृद्धि भइरहेको छ । वर्षा हुने क्रम जारी रहेकाले स्थानीयवासी त्रसित छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १० : ३० बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै