हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा | Khabarhub Khabarhub

हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- वाग्मती प्रदेश सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए ।

उनले सरकारले सञ्चालन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधुनिक र सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधार विकास तथा उपकरण खरिदका लागि आवश्यक बजेटको व्यवस्था गरिएको उल्लेख गर्दै प्रतिष्ठान मातहतका हेटौंडा अस्पतालको भवन निर्माणलगायत स्वास्थ्य सम्बन्धी पूर्वाधार विकास गर्न पनि बजेट विनियोजन गरेको बताए । यसैगरी प्रदेशसभा सदस्य स्वर्गीय पशुपति चौलागाईको स्मृतिमा दोलखा जिल्लास्थित चरिकोट अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल नामाकरण गरी सुविधा सम्पन्न बनाउन आवश्यक बजेटको व्यवस्था गरिएको मन्त्री ढुङ्गेलले बताए ।

सरकारले पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको स्मृतिमा हेटौँडामा बृहत सम्मेलन कक्षको स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री ढुङ्गेलले प्रदेशका निजामति कर्मचारी र स्थानीय तहका कर्मचारीको वृत्ति विकासका लागि आगामी साउन महिनादेखि लागू हुने गरी मासिक रु २ हजार तलब वृद्धि गर्ने र उनीहरुका लागि छुट्टै प्रशिक्षण प्रतिष्ठानको स्थापना गरी सञ्चालनमा ल्याउने बताए ।

यसैगरी सरकारले प्रदेशको राजधानी हेटौँडामा रहेका सरकारी कार्यालय भवनलाई व्यवस्थित गर्न रु ९७ करोड विनियोजन गरेको छ भने सरकारी स्वामित्वमा रहने गरी आमसञ्चारका माध्यम सञ्चालन गर्न रु १० करोड विनियोजन गरेको छ ।

प्रदेशसभाको आजै बसेको दोस्रो बैठकले आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८÷७९ को राजस्व र व्ययको वार्षिक अनुमान मध्यकालीन खर्च संरचनासहितको प्रस्ताव टेबल गरियो । बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७८ पनि टेवल गरियो । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १० : ५९ बजे

सत्तासँग सिद्धान्त हार्दा दलहरू बदनाम

नेपालको राजनीति फेरि गम्भीर मोडमा पुगेको छ । दलहरू संविधानत निर्णय

जङ्गली हात्ती मृत फेला

झापा– झापाको मेचीनगर नगरपालिका– १ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजीनामा दिएका डाक्टर सुजन

गोरखाको अजिरकोटमा पहिलो पटक फल्यो स्याउ (तस्बिरहरू)

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल

बजेट अभावमा निसीखोला आधारभूत अस्पताल अलपत्र

बागलुङ– चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल