भुवनहरिको ‘बहत्तर वसन्त’ सार्वजनिक « Khabarhub

भुवनहरिको ‘बहत्तर वसन्त’ सार्वजनिक


३१ असार २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भानु जयन्तीको अवसर पारेर साहित्यकार भुवनहरि सिग्देलको नयाँ कृति ‘बहत्तर वसन्त’ सार्वजनिक भएको छ । साहित्यकार नारायण ढकाल, विश्लेषक शंकर तिवारी, गजलकार बाबु त्रिपाठी, आख्यानकार शैलेन्द्र अधिकारी, तर्कना शर्मा र रङ्गकर्मी तथा डिजाइनर प्रकेश सिन्धुलीयले सामूहिक रूपमा पुस्तक सार्वजनिक गरे ।

लोकापर्णपश्चात् विश्लेषक शंकर तिवारीले पुस्तकको पहिलो प्रति खरिद गरेर पुस्तक बजारमा पुगिसकेको जानकारी दिएका थिए । गद्य र पद्य दुवै विधामा समानरूपले कलम चलाउन सक्ने सिग्देलको ‘बहत्तर वसन्त’ छत्तीसौं कृति हो । शास्त्रीय छन्दमा सहज, स्वच्छन्द र रसदार कविता लेख्नु उनको मौलिक क्षमता हो ।

छन्द कवितामा सिग्देल सिद्धहस्त रहेकाले कृति छन्द कविताप्रेमी, छन्द कविता सिकारु र छन्द साधकलाई अत्यन्तै उपयोगी रहने कुरा प्रकाशक पुष्पराज पौडेलले बताए ।

शिखा बुक्सले प्रकाशन गरेको यस पुस्तकमा जम्मा ७२ वटा छन्द कविता समावेश छन् र यसको मूल्य २ सय एक रुपैंयाँ छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १२ : ०० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४