भुवनहरिको ‘बहत्तर वसन्त’ सार्वजनिक « Khabarhub

भुवनहरिको ‘बहत्तर वसन्त’ सार्वजनिक


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भानु जयन्तीको अवसर पारेर साहित्यकार भुवनहरि सिग्देलको नयाँ कृति ‘बहत्तर वसन्त’ सार्वजनिक भएको छ । साहित्यकार नारायण ढकाल, विश्लेषक शंकर तिवारी, गजलकार बाबु त्रिपाठी, आख्यानकार शैलेन्द्र अधिकारी, तर्कना शर्मा र रङ्गकर्मी तथा डिजाइनर प्रकेश सिन्धुलीयले सामूहिक रूपमा पुस्तक सार्वजनिक गरे ।

लोकापर्णपश्चात् विश्लेषक शंकर तिवारीले पुस्तकको पहिलो प्रति खरिद गरेर पुस्तक बजारमा पुगिसकेको जानकारी दिएका थिए । गद्य र पद्य दुवै विधामा समानरूपले कलम चलाउन सक्ने सिग्देलको ‘बहत्तर वसन्त’ छत्तीसौं कृति हो । शास्त्रीय छन्दमा सहज, स्वच्छन्द र रसदार कविता लेख्नु उनको मौलिक क्षमता हो ।

छन्द कवितामा सिग्देल सिद्धहस्त रहेकाले कृति छन्द कविताप्रेमी, छन्द कविता सिकारु र छन्द साधकलाई अत्यन्तै उपयोगी रहने कुरा प्रकाशक पुष्पराज पौडेलले बताए ।

शिखा बुक्सले प्रकाशन गरेको यस पुस्तकमा जम्मा ७२ वटा छन्द कविता समावेश छन् र यसको मूल्य २ सय एक रुपैंयाँ छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  १२ : ०० बजे

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई

भोटेकोशी बाढीको २० दिनपछि बालेनले भेटे स्थानीय तहका जनप्रतिनिधि

ठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गत भदौ १०