‘जुलियाज आइ’को हिन्दी रिमेक बनाउदै तापसी « Khabarhub

‘जुलियाज आइ’को हिन्दी रिमेक बनाउदै तापसी


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बईं(बलिउड हंगामा)– अभिनयमा अब्बल अभिनेत्री तापसी पन्नु अब निर्मात्रीका रुपमा दर्शकमाझ आउँदैछन् । दशक भन्दा बढी समयदेखि बलिउडमा सक्रिय यी अभिनेत्रीले आउटसाइडर्स फिल्मस नामक प्रोडक्सन कम्पनीको सुरुवात गरेकी छन् ।

यो प्रोडक्सन हाउसँगै उनी विगत २० वर्षदेखि बलिउडमा निर्माण र कन्टेन क्रिएटरको रुपमा कार्यरत प्राञ्जल खण्डियासँग सहकार्य गरेकी छन् । प्रोडक्सनको पहिलो भेञ्चरका रुपमा उनी नयाँ फिल्मको सह–निर्माता बन्दैछिन् ।

समाचारअनुसार तापसीले पहिलो फिल्मको रुपमा स्पेनिस साइकोलोजिकल थ्रिलर ‘जुलियाज आइ’को हिन्दी रिमेक बनाउदैछिन् । फिल्मको बारेमा चाँडै नै घोषणा गरिनेछ ।

‘जुलियाज आइ’को स्पेनिस भर्सन गुइली मोरल्सले निर्देशन गरेका हुन् । फिल्मले आफ्ना जम्ल्याहा बहिनीको निधनको अनुसन्धान गरिरहेकी एक महिलाले दृष्टि शक्ति विस्तारै गुमाउदै गएको कथालाई चित्रण गरेको छ ।

यो फिल्म बेंगाली, तेुलुगू, तमिल र मराठी भाषामा निर्माण भइसकेको छ । तापसीले यसअघि स्पेनिस फिल्म ‘द इनभिजिबल गेस्ट’को हिन्दी रिमेक ‘बदला’मा अभिनय गरेकी थिइन् ।

फिल्ममा विशाल राणा र इचिलोन प्रोडक्सनको विशाल राणा र एन्थोनी डिसोजाको निर्माण हुनेछ । यसबाहेक तापसीले ‘ब्लर’को सहनिर्माण गर्नेछिन् । सन् २०२२ मा थिएटरमा आउने यो फिल्ममा पवन सोनी र अजय बहलको लेखन छ ।

कामको कुरा गर्दा तापसी ‘लुप लपेटा’, ‘रश्मी रकेट’, ‘दोबारा’, दक्षिण भारतीय फिल्म ‘साबास मिठु’मा देखिँदैछिन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  १ : १५ बजे

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक