उब्जनी अनुदान : सुन्तला खेतीमा आकर्षण | Khabarhub Khabarhub

उब्जनी अनुदान : सुन्तला खेतीमा आकर्षण


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– परम्परागत बाली छाडेर व्यावसायिक फलफूल खेती गर्ने कृषकलाई बागलुङ नगरपालिकाले उब्जनी अनुदान दिएको छ ।

नगरपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले परम्परागत बाली छाडेर सुन्तला खेती गर्नेलाई उब्जनी बराबरको रकम अनुदानवापत प्रदान गरिएको हो ।

परम्परागतरूपमा गरिँदै आएको खाद्य बालीबाट राम्रो प्रतिफल प्राप्त हुन नसक्ने ठाउँमा सुन्तला खेती गर्न इच्छुक किसानलाई उत्पादन बराबरको रकम प्रदान गरिएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा परम्परागत बाली त्यागेर सुन्तला खेती गरेका ४५ किसानलाई नगद रकम अनुदान प्रदान गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

सुन्तला जोनमा समेटिएको बागलुङ–८ सिगानाका ४५ कृषकलाई सुन्तलाका नयाँ बिरुवा रोपेवापत प्रोत्साहन र सुन्तलाको प्रतिफल नदिँदासम्मको अन्न बालीवापतको रकम प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख राहुल केसीले जानकारी दिए ।

“सिगाना भौगोलिक हिसाबले सुन्तलाको अत्यन्तै राम्रो क्षेत्र मानिन्छ, अहिले वार्षिक दुई करोड दाना सुन्तला निर्यात हुने रहेछ, यसलाई बढाउनका लागि किसानलाई प्रोत्साहनस्वरुपप्रति रोपनी रु तीन हजारका दरले उब्जनी अनुदान दिएका छौँ”, केसीले भने, “एक रोपनीमा २० सुन्तलाका बिरुवा हुन्छन्, सुन्तला फल्न पाँच वर्ष लाग्छ, त्यतिका समयसम्म किसानको अन्नबाली उब्जनी हुँदैन, त्यसैले अनुदान दिएका छौँ ।”

नगरभित्रका जमिनको वर्गीकरण गरी उपयुक्त बाली लगाउन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अभियान शुरु गरिएको र किसान उत्साहित भएर सुन्तला खेतीतर्फ लागेका बताइएको छ । परम्परागत खेती त्यागेर फलफूल खेती गर्न इच्छुक किसानलाई उक्त जग्गामा उत्पादन हुने बालीवापतको रकम नगरपालिकाले दिने नीतिअनुसार तीन वर्षदेखि रकम वितरण गरिरहेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

नगरपालिकाले तीन वर्षको बीचमा सिगानामा मात्रै अनुदानमा वितरण गरेको र किसान आफैँले लगाएको गरेर ३५ हजार बिरुवा थपिएको कृषि शाखाको तथ्याङ्कमा उल्लेख छ । अबका पाँच वर्षमा सिगानामा करोडौँको सुन्तला भित्र्याउने सिगानाका किसानले लक्ष्य राखेका छन् ।

पहाडी भूभाग भएका कारण परम्परागत खाद्य बाली लगाउँदा दुःख बढी हुने र उत्पादनसमेत कम हुने भएकाले परम्परागत बाली त्यागेर व्यावसायिक फलफूल खेती गर्नेलाई प्रोत्साहन गर्ने नगरपालिकाको अभियान सकरात्मक भएको वडा नं ८ का अगुवा सुन्तला किसान रामबहादुर खड्काले जानकारी दिए ।

कोदो, मकै फलाएर ज्याला नउठ्ने जग्गामा सुन्तला लगाएर लाखौँ आम्दानी हुने भएपछि नगरपालिकाका सिगाना, तित्याङ, भकुण्डे, मालिकालगायतका क्षेत्रमा सुन्तला खेती प्रवद्र्धन कार्यक्रममा नगरपालिकाले अगुवाइ गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  १ : १५ बजे

शिक्षामन्त्री भन्छन्- मलाई सुरक्षा चाहिँदैन, सेना र प्रहरीले नपछ्याए हुन्छ (भिडियोसहित)

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शिक्षा, विज्ञान तथा

दसैँ अवधिमा जिल्ला अदालत खुला रहने

भद्रपुर– झापा जिल्ला अदालतमा यसवर्षको दसैँ बिदामा समेत बन्दीप्रत्यक्षीकरणको रिट

शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका

प्यालेस्टिनी राज्य वार्ताबाट मात्र सम्भव : जर्मनी

एजेन्सी– जर्मनीले सोमबार इजरायल–प्यालेस्टिनीबीच वार्ता नगरी दुई-राज्य समाधान सम्भव नहुने

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कर्णाली– ट्रकको ठक्करबाट सुर्खेतमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ