उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशतमा सीमित « Khabarhub

उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशतमा सीमित


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्षको ११औँ महिनामा उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७७ जेठमा ४.५४ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति गत जेठमा ०.३५ प्रतिशतले घटेर ४.१९ कायम भएको हो ।

केन्द्रीय बैंकका अनुसार गत जेठ मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ६.२२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति २.६३ प्रतिशत रहेको छ । विसं २०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तीजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः ३०.९८ प्रतिशत, ९.८४ प्रतिशत, ९.८१ प्रतिशत र ९.७० प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा तराई क्षेत्रमा मूल्यवृद्धि बढी देखिएको छ । बैंकका अनुसार जेठमा काठमाडौँ उपत्यकामा ३.८७ प्रतिशत मुद्रास्फिति रहँदा तराईमा भने ४.४७ प्रतिशत छ । यस्तै पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत मुद्रास्फिति रहेको छ । विसं २०७७ जेठमा यी क्षेत्रमा क्रमशः ४.४३ प्रतिशत, ४.८६ प्रतिशत, ४.१३ प्रतिशत र ४.३४ प्रतिशत मुद्रास्फिति थियो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ३ : ०० बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा