भारतमा थप ४१ हजार ८०६ नयाँ सङ्क्रमित « Khabarhub

भारतमा थप ४१ हजार ८०६ नयाँ सङ्क्रमित


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३८ हजार ७९२ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले थप ३९ हजार १३० जना सङ्क्रमणमुक्त भएका छन् ।भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख ३२ हजार ४१ रहेको अधिकारीले जनाएका छन् ।

पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५८१ जनाको मृत्यु भएको पनि मन्त्रालयले बिहीबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड नौ लाख ८७ हजार ८८० पुगेको छ भने तीमध्ये तीन करोड एक लाख ४३ हजार ८५० जना सङ्क्रमणमुक्त भएका छन् ।

कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख ११ हजार ९८९ पुगेको मन्त्रालयले जनाएको छ । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४३ करोड ८० लाख ११ हजार ९५८ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख ४३ हजार ४८८ जनाको स्वाब परीक्षण जुलाई १३ का दिन भएको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म ३९ करोड १३ लाख ४० हजार ४९१ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ३४ लाख ९७ हजार ५८ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ४ : ३० बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल