नेपाल राष्ट्र बैंकले भन्यो- २ खर्ब ९३ अर्बले चालू खाता घाटामा « Khabarhub

नेपाल राष्ट्र बैंकले भन्यो- २ खर्ब ९३ अर्बले चालू खाता घाटामा


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो ११ महिनामा चालू खाता रु दुई खर्ब ९३ अर्ब ९७ करोड घाटामा रहेको जनाएको छ ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा चालू खाता घाटामा वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु ६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड ८५ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा दुई अर्ब ५१ करोडले घाटामा रहेको छ ।

यस्तै सो अवधिमा पूँजीगत ट्रान्सफर ८.४ प्रतिशतले वृद्धि भई रु १४ अर्ब १५ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १३.४ प्रतिशतले कमी आई रु १६ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु १३ अर्ब पाँच करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १८ अर्ब ७२ करोड रहेको थियो ।

यस्तै शोधनान्तर स्थिति रु १५ अर्ब १५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक अर्ब ७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड आठ लाखले घाटामा रहेको छ ।

केन्द्रीय बैंकका अनुसार २०७७ असार मसान्तमा रु १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.६ प्रतिशतले कमी आई गत जेठ मसान्तमा रु १३ खर्ब ६५ अर्ब ६५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा २०७८ जेठ मसान्तमा ०.६ प्रतिशतले वृद्धि भई ११ अर्ब ७१ करोड पुगेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु १२ खर्ब २६ अर्ब १२ करोड रहेकामा २०७८ जेठ मसान्तमा २.३ प्रतिशतले कमी आई रु ११ खर्ब ९७ अर्ब ६५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु एक खर्ब १७५ अर्ब ७१ करोड रहेकामा गत जेठ मसान्तमा ४.४ प्रतिशतले कमी आई रु एक खर्ब ६८ अर्ब कायम भएको छ । बैंकका अनुसार गत जेठ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.६ प्रतिशत रहेको छ ।

चालु आवको ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.१ महिनाको वस्तु आयात र १०.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिने केन्द्रीय बैंकको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  १० : ३० बजे

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता सरल

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले

रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण