कनेक्ट आइपिएसबाट हुने भुक्तानी रकम बढ्यो | Khabarhub Khabarhub

कनेक्ट आइपिएसबाट हुने भुक्तानी रकम बढ्यो


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोवार रकममा वृद्धि भएको छ ।

निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोवारमा कमी आएको थियो । गत वैशाखदेखि उपत्यकाका तीन जिल्लालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा भुक्तानी रकममा कमी आएकामा जेठमा रकममा वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको देशका वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत वैशाखको तुलनामा जेठमा कारोवार रकममा वृद्धि भएको हो ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार जेठमा कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । गत महिनाको तुलनामा जेठमा क्युआर स्क्यान, मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोवार रकममा कमी आएको छ ।

बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा मात्र कनेक्ट आइपिएसमार्फत रु एक अर्ब ६९ करोड ८४ लाख बढीको कारोवार भएको छ । जेठमा रु एक खर्ब ५८ अर्ब २५ लाख ४० हजार बढीको कारोवार भएकामा वैशाखमा रु एक खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोवार भएको थियो ।

इन्टरनेट बैंकिङमार्फत गत वैशाखमा रु १० अर्ब ८० करोड बराबरको कारोवार भएकामा जेठमा रु ११ अर्ब १४ करोड २० लाख बराबरको कारोवार छ । गत वैशाखको तुलनामा जेठमा एक अर्ब ६२ करोड बढीको कारोवार भएको छ ।

मोबाइल बैंकिङमार्फत गत वैशाखमा रु ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोवार भएकामा जेठमा रु ५३ अर्ब १६ करोड बराबरको कारोवार भएको छ । गत वैशाखको तुलनामा जेठमा मोबाइल बैंकिङमार्फत रु चार अर्ब २७ करोड ३० लाख बढीको कारोबार भएको छ ।

घट्यो वालेटको कारोवार

वालेटमार्फत गत वैशाखमा रु १० अर्ब १० लाख बराबरको कारोवार भएकामा जेठमा रु आठ अर्ब ३५ करोड ३० लाख बराबरको कारोवार भएको छ ।

गत वैशाख महिनाको तुलनामा जेठमा मात्र रु एक अर्ब ७५ करोड ३० लाखले कारोवारमा कमी आएकोे हो । यस्तै गत वैशाखको तुलनामा जेठमा क्युआरमा आधारित भुक्तानीमार्फत हुने कारोवारमा रु ५६ करोड १० लाखले कमी आएको छ । वैशाखमा रु दुई अर्ब ५२ करोड ९० लाख कारोवार भएकामा जेठमा रु एक अर्ब ९६ करोड ८० लाख बराबरको कारोवार भएको छ ।

यस्तै गत वैशाखको अनलाइन (इ–कमर्श) का माध्यमबाट रु ७६ करोड ८० लाख बराबरको कारोवार भएकामा जेठमा कारोवार रकममा कमी आई रु १६ करोड १० लाख बराबरको कारोवार भएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ९ : ३० बजे

चेपाङ समुदायको उत्थानका लागि चिउरीका बेर्ना वितरण

चितवन– इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायलाई तीन हजार चिउरीका बिरुवा वितरण गरिएको

ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ

काठमाडौं– ललितपुर प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य

हाइकिङसँग जोडिँदै कालाबाङ घरेडी बुद्धउद्यान

गण्डकी– ‘हाइकिङ’मार्फत पोखरा आसपासका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्दै आएको हाइकर्स

पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

ढोरपाटन– हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान

सम्हालिँदै अर्थतन्त्र, अधिकांश आर्थिक सूचक सकारात्मक

काठमाडौं– कांग्रेस–एमालेको गठबन्धन सरकारले एउटा आर्थिक वर्षको बजेट पूरै कार्यान्वयन