हाइटी भूकम्प अपडेट : ३०४ जनाको मृत्यु, १८ सयभन्दा बढी घाइते | Khabarhub Khabarhub

हाइटी भूकम्प अपडेट : ३०४ जनाको मृत्यु, १८ सयभन्दा बढी घाइते


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाइटीमा गएको ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा कम्तीमा ३०४ जनाको मृत्यु भएको छ ।

भूकम्पपछि भत्किएका कयौँ संरचनामा परेका १८ सय जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा केन्द्रबिन्दु भएको गएको भूक्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ ।

हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर क्षति भएको उल्लेख गर्दै एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।

प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समूद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ ।

युएसजीएसले हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि तीन मिटर (झन्डै १० फिट) सम्म छालहरू आउनसक्ने चेतावनी दिएको छ ।

यसअघि हाइटीमा सन् २०१० को जनवरीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो ।

उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ५६ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार