काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भैंसी पूजा गरेर राम मन्दिरको विरोध किन भन्दै व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् बाँस्कोटाले पशुपतिनाथमा सुनको जलारी र ठोरीस्थित राम मन्दिरको बिरोध गर्नेहरुले होली वाइन र भैँसी पूजामा सरिक भएको बताएका छन् ।
उनले मान्छे भएपछि धर्मसंस्कृतिसँग जोडिनै पर्ने तर्क गर्दै छुवाछूत हिन्दु धर्म संस्कृतिको अंग नभएको दाबी समेत गरेका छन् ।
ब्यक्ति र घर्म संस्कृति जोडिएकैछ।थिएन भने भैसी पुजा र होली वाईन समारोह किन आयोजना गरिए?जलारी र राम मन्दिरको विरोध चै किन?युरोप अमेरिकामा चर्च र राज्य मात्र छुट्याईएको हो।छुवाछुत ब्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या हो,हिन्दु संस्कृतिको अंग होईन।लुकेर चिना हेराउनी,फुटानी लाउने।
— Gokul Prasad Baskota (@GokulPBaskota) August 15, 2021
‘व्यक्ति र धर्म संस्कृति जोडिएकै छ। थिएन भने भैँसी पूजा र होली वाईन समारोह किन आयोजना गरिए? जलारी र राम मन्दिरको विरोध चै किन?,’ आइतबार बिहान बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, ‘युरोप अमेरिकामा चर्च र राज्य मात्र छुट्याइएको हो। छुवाछुत ब्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या हो, हिन्दु संस्कृतिको अंग होईन। लुकेर चिना हेराउनी, फुटानी लाउने!’
प्रतिक्रिया