घरभित्र कै कामले घट्छ तौल « Khabarhub

घरभित्र कै कामले घट्छ तौल


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोटोपनका शिकार भएकाहरु जसरी पनि आफ्नो वजन घटाउने ध्याउन्नमा हुन्छन् । यसकालागि कतिपयले बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउने सोचमा रहन्छन् । तर ध्यान रहोस् यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ ।

बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ । यसले शरिरलाई फाइदा भन्दा बढि बेफाइदा पुर्याउँछ । यस्तोमा बढिरहेको बोसो घटाउन प्राकृतिक तरिका अपनाउनु नै लाभदायक हुन्छ ।

१. ग्रीन टीको सेवन
पछिल्ला केही वर्षयता नेपालीहरु माझमा ग्रिन टीको लोकप्रियता निकै छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरको अतिरिक्त बोसो हटाउन सहयोग गर्दछ ।

२. दालचीनी
यदि तपाईं केहि दिनमै तौल घटाउन चाहानुहुन्छ भने दालचीनीको उपाय फाइदाजनक हुन्छ । बिहानीको खाजाअघि र सुत्नुभन्दा पहिले एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाएर दैनिक दुई पटक पिउँदा केही दिनमा मोटोपन घट्ने गर्दछ ।

३. केरा
केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले मोटोपनाका साथै फास्ट फूडको लतलाई कम गर्दछ । जसका कारण स्वतः तौल कम हुन पुग्दछ ।

४. लसुन
प्राकृतिक एन्टी बायोटिक लसुनले सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । यसले शरिरमा बोसोलाई जम्मा हुन नदिने हर्मोनलाई सक्रिय बनाउने काम गर्दछ ।

५. पुदीना
एक कप मनतातो पानीमा पुदीनाका केही पात र इच्छा अनुसार मह मिसाएर पिएमा पेटको बोसो कम हुन्छ ।

६. स्याउ
स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन । यसले तौल कम गर्न मद्दत गर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १२ : १२ बजे

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । 

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा

केन्द्रीय कमिटी बैठकमा नआएका पोखरेलले ओलीलाई भने, ‘तपाईंले छाड्नुको विकल्प छैन’

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग