अझै टुंगिएन माओवादीबाट सरकारमा जाने मन्त्रीको नाम « Khabarhub

अझै टुंगिएन माओवादीबाट सरकारमा जाने मन्त्रीको नाम

केन्द्रीय कमिटी बैठक आजै टुंग्याउने तयारी


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको नाम अझै टुंग्याउन सकेको छैन ।

मन्त्रीको नामावली टुंग्याउन भन्दै आज बसेको स्थायी कमिटीको बैठकले नाम टुंग्याउन नसकेको एक नेताले जानकारी दिए । बैठकमा सरकारमा सहभागी मन्त्रीको नामका विषयमा गम्भीर छलफल भएको उनले बताए ।

बैठकमा पार्टी नेताहरूको कार्य विभाजन लगायतका विषयमा छलफल भएको थियो।

त्यस्तै बैठकले आजै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ । बैठकमा नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टलाई सोमबार बस्ने स्थायी कमिटी बैठकले व्याख्या गरी निष्कर्ष निकाल्ने उनले जानकारी दिए ।

उनले भने, ‘आज बसेको स्थायी समितिको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने कोसिस गर्ने समझदारी बनाएका छौँ । आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरू आउनेछन्, त्यसपछि त्यसको व्याख्या र निष्कर्षका लागि स्थायी समितिको बैठक भोलि बस्नेछ ।’

आजको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रूपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।

स्थायी कमिटी बैठक लगत्तै अहिले पार्टीको केन्द्रीय कमिटी बैठक जारी छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १२ : २७ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित