भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीका घोषणा « Khabarhub

भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीका घोषणा

मोदीले भने– अमृत काल देशको नयाँ लक्ष्य हो जो २५ वर्षको छ


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा किसान, छात्रा तथा युवाहरुका लागि विभिन्न घोषणाहरु गरेका छन्।

उनले देशका सबै सैनिक विद्यालयहरुमा अब छात्राहरुले पनि अध्ययन गर्न सक्ने घोषणा गरे।

केही समयअघि भारतको एक सैनिक विद्यालयमा छात्रालाई भर्ना गरेर परीक्षण गरिएको जानकारी दिँदै मोदीले भने, ‘अब भारतका सबै सैनिक विद्यालयहरुमा छात्राहरुलाई पनि भर्ना लिइने छ।’

लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले मातृभाषाको जगेर्नालाई प्राथमिकता दिइनुपर्नेमा जोड दिए। उनले भारतका साना किसानहरुको सुविधाका लागि सरकारले आवश्यक नीति लिने बताए।

कृषि सुधारका लागि साना किसानहरुलाई सम्मान योजना लागु गरिएको उनले बताए। देशका साना किसानको शक्ति बढाउनेमा सरकार लागि पर्ने उनले बताए।

मोदीले २५ वर्षका लागि देशले नयाँ लक्ष्य लिएको घोषणा गर्दै उक्त लक्ष्य पूरा गर्ने अभियानमा जुट्न सम्पूर्ण देशबासीलाई अपिल गरे। अबको २५ वर्षपछि भारतले स्वतन्त्रताको अमृत काल मनाउने उनले बताए।

‘अमृत काल देशको नयाँ लक्ष्य हो जो २५ वर्षको छ’, मोदीले भने, ‘यो समयमा भारतले आधुनिक विकासको क्षेत्रमा नयाँ प्रगति हाँसिल गर्नु छ।’

मोदीले अब हरेक वर्षको अगष्ट १४ लाई विभाजन विभिषिका स्मृति दिवसका रुपमा मनाइने घोषणा पनि गरे।

उनले भने, ‘जो मानिसहरुले त्यो बेला अप्ठ्यारो भोग्नुपरेको छ, जुनबेला उनीहरुको अन्तिम संस्कार समेत भाग्यमा रहेन, १४ अगष्टमा उनीहरुलाई याद गरिने छ।’

मोदीले शहरसँगै गाउँको विकासमा पनि अधिक ध्यान दिने बताए।

मोदीले कमजोर इन्फास्ट्रक्चरले देशमाथि नोक्सान हुने बताउँदै असाधारण स्तरले काम गर्नका लागि नयाँ जलमार्ग या नयाँ स्थानमा सिप्लेनसँग जोड्ने काम भैरहेको बताए।

भारतीय रेलवेलाई पनि आधुनिक रंगमा ढाल्ने काम भैरहेको उनले बताए।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १२ : ४४ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल