अफगानिस्तानका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राप्रपाको माग « Khabarhub

अफगानिस्तानका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राप्रपाको माग


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।
तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको भन्दै राप्रपाका अध्यक्षत्रयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन माग गरेका हुन् ।

‘तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’

यस्तै ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरूको हाल जारी संघर्षप्रति ऐक्यबद्धता जनाउँदै राप्रपाले उनीहरुका माग पुरा गर्न बेलायती सरकारसँग आग्रह गरेको छ । उनीहरुको मागहरु पुरा गराउन सशक्त कुटनीतिक प्रयास गर्न पनि राप्रपाले नेपाल सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  २ : ५४ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा