अफगानिस्तानमा रहेका नेपालीबारे सरकारलाई थाहा छैन : परराष्ट्र « Khabarhub

अफगानिस्तानमा रहेका नेपालीबारे सरकारलाई थाहा छैन : परराष्ट्र


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिवानी नियन्त्रणमा एकपछि अर्को अफगानी शहर पर्दै गएपछि त्यहाँ रहेका नेपालीमाझ अन्यौल र त्रासको स्थिति रहेकै बेला परराष्ट्र सचिव भरत पौडेलले अनौपचारिक रुपमा अफगानिस्तानमा काम गर्ने हजारौँ नेपालीहरुबारे नेपाल सरकारलाई जानकारी नभएको र यसबारे यथार्थ बुझ्ने प्रयास गरिरहेको बताएका छन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार उपस्थित परराष्ट्र सचिव पौडेलले अफगानिस्तानमा १ हजार ४०० नेपालीमात्र औपचारिक रुपमा रहेको तथ्यांक सरकारसँग रहेको र १४ हजार नेपाली त्यहाँ काम गरिरहेको भन्ने विवरण समाचारमाध्यममा आए पनि यसबारे नेपाल सरकारलाई जानकारी नभएको बताए।

उनले औपचारिक रुपमा गएका १४०० नेपाली राजधानी काबुलमै रहेको र सुरक्षित अवस्थामा रहेको जानकारी दिए। ‘काबुलबाहिर एकैजना नेपाली पनि छैनन्,’ परराष्ट्र सचिव पौडेलले भने। यद्यपि ठूलो संख्यामा नेपालीहरु अफगानिस्तानका विभिन्न स्थानमा काम गरिरहेका छन्।

सचिव पौडेलका अनुसार परराष्ट्र मन्त्रालय र अफगानिस्तान पनि हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीलाई अनलाइनमार्फत दर्ता हुन आग्रह गरेका छन्।

उनले औपचारिक रुपमा रहेका अधिकांश मानिशहरु अन्तर्राष्ट्रिय नियोग तथा संस्थाहरुमा कार्यरत रहेको जानकारी दिए।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ३ : ०३ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ