नयाँ कार्यतालिका अनुसार कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुन्छ : नेता लेखक « Khabarhub

नयाँ कार्यतालिका अनुसार कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुन्छ : नेता लेखक


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको १४औं महाधिवेशन नयाँ सार्वजिनक कार्यतालिकाअनुसार नै समयमा हुने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले कोभिडको कारण यसअघि सार्वजनिक गरिएका कार्यतालिका प्रभावित बनेको भन्दै अब नयाँ कार्यतालिका अनुसार समयमा नै महाधिवेशन हुने बताए ।

उनले क्रियाशील सदस्यताको विवाद अब बाँकी नरहेको पनि जिकिर गरे । नेता लेखकले अब क्रियाशील सदस्यताको विवादको कारण पार्टीको महाधिवेशन कुनैपनि हालतमा नरोकिने स्पष्ट पारे ।

उनले वर्तमान सरकारलाई सही तबरले सञ्चालन गराउनको लागि गठबन्धनको तर्फबाट साझा न्यूनतम कार्यक्रम पनि ल्या सकिएको र गठबन्धन लामो समयसम्म जाने पनि बताए ।

नेता लेखकले नेपाल र भारतबीच लामो सम्बन्ध रहेकोले यसलाई अझै मजबुद बनाउनुपर्नेमा जोड दिए ।

साक्षात्कारमा नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा परराष्ट्रविद् डा. राजन भट्टराईले भारतसँग नेपालको पूरानो सम्बन्ध रहेको र ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले अफगानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनको लागि नेपाल सरकारले किन ढिलाई गरिरहेको छ ? भनेर प्रश्न गरेका थिए ।

त्यस्तै परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले अफ्गानिस्तानबाट नेपालीहरुलाई तत्काल फिर्ता बोलाउनुपर्ने र उनीहरुलाई रेस्क्यु गर्न सरकारले उचित कदम चाल्नुपर्ने बताए ।

उनले भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र भारतीय जनतालाई शुभकामना समेत दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ४ : २२ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा