नयाँ कार्यतालिका अनुसार कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुन्छ : नेता लेखक « Khabarhub

नयाँ कार्यतालिका अनुसार कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुन्छ : नेता लेखक


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको १४औं महाधिवेशन नयाँ सार्वजिनक कार्यतालिकाअनुसार नै समयमा हुने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले कोभिडको कारण यसअघि सार्वजनिक गरिएका कार्यतालिका प्रभावित बनेको भन्दै अब नयाँ कार्यतालिका अनुसार समयमा नै महाधिवेशन हुने बताए ।

उनले क्रियाशील सदस्यताको विवाद अब बाँकी नरहेको पनि जिकिर गरे । नेता लेखकले अब क्रियाशील सदस्यताको विवादको कारण पार्टीको महाधिवेशन कुनैपनि हालतमा नरोकिने स्पष्ट पारे ।

उनले वर्तमान सरकारलाई सही तबरले सञ्चालन गराउनको लागि गठबन्धनको तर्फबाट साझा न्यूनतम कार्यक्रम पनि ल्या सकिएको र गठबन्धन लामो समयसम्म जाने पनि बताए ।

नेता लेखकले नेपाल र भारतबीच लामो सम्बन्ध रहेकोले यसलाई अझै मजबुद बनाउनुपर्नेमा जोड दिए ।

साक्षात्कारमा नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा परराष्ट्रविद् डा. राजन भट्टराईले भारतसँग नेपालको पूरानो सम्बन्ध रहेको र ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले अफगानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनको लागि नेपाल सरकारले किन ढिलाई गरिरहेको छ ? भनेर प्रश्न गरेका थिए ।

त्यस्तै परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले अफ्गानिस्तानबाट नेपालीहरुलाई तत्काल फिर्ता बोलाउनुपर्ने र उनीहरुलाई रेस्क्यु गर्न सरकारले उचित कदम चाल्नुपर्ने बताए ।

उनले भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र भारतीय जनतालाई शुभकामना समेत दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ४ : २२ बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि