गण्डकीका मुख्यमन्त्रीलाई एमालेले बुझायो ध्यानाकर्षण पत्र « Khabarhub

गण्डकीका मुख्यमन्त्रीलाई एमालेले बुझायो ध्यानाकर्षण पत्र


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले ) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ ।

एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तता दिन आग्रह गरेको हो ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले अगाडि बढाएका मूलभूत कार्ययोजनालाई निरन्तरता दिएको जानकारी दिए ।

उनले भौतिक पूर्वाधारका १५ मध्ये १० योजना अघि बढाउने प्रक्रियामा रहेको र रु ३८ अर्बको बजेट रु ३० अर्बमा खुम्चिएको जानकारी दिए ।

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले अघिल्लो सरकारले ल्याएका कार्यक्रम रातो किताबमा समेटिएको र केही छुटेको भए पुनः अध्ययन गरेर अघि बढ्न सकिने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ४ : ४३ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा