नेप्से घट्दा पनि कारोबारमा नयाँ रेकर्ड | Khabarhub Khabarhub

नेप्से घट्दा पनि कारोबारमा नयाँ रेकर्ड


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएपनि  दैनिक कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको छ।

आज २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको द्छ । दैनिक कारोबारमा यो रकम अहिलेसम्मकै उच्च हो।

आइतबार नेप्से २४.५७ अंकले घटेर तीन हजार एक सय ५४.३ अंकमा झरेको छ। आइतबार बजार खुलेको दुई घण्टा नपुग्दै नेप्सेमा करिब १२ अर्ब रुपैयाँको कारोबार भएको थियो।

बजार घटे पनि उत्पादनमूलक, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट समूह भने बढेको छ।

आइतबार २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। १३ मध्ये ३ वटा समूहमा हरियाली देखिएको छ। ३ कम्पनीको सेयर मुल्य बढेर सर्किट लागेको छ।

नेपाल बैंकको सबैभन्दा बढी एक अर्बभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबार रकममा दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र अपि पावर छन्।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ५ : ३० बजे

हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान्

गोरखा दरबारको दशैँघरमा जमरा राखियो

गोरखा– गोरखा दरबारको दशैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ ।

केशरमहलमा फर्कियो शिक्षा मन्त्रालय (तस्बिरहरू)

काठमाडौं- जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र

वीरगञ्ज नाका हुँदै साउन र भदौमा एक खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात

पर्सा– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको दुई महिनामा एक

काठमाडौंका शक्तिपीठमा दर्शनार्थीको भीड

काठमाडौं– नवरात्रको पहिलो दिन आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा