यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जना पक्राउ « Khabarhub

यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जना पक्राउ


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यार्सागुम्बा लुटपाट गरेको अभियोगमा प्रहरीले ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक कटुन्जे बस्ने बझाङ मष्ट गाउँपालिका-५ घर भएका ३४ वर्षीय धर्म ओखेडा, काठमाडौं ठमेल बस्ने दोलखा बैतेश्वर गाउँपालिका-२ घर भएका ३२ वर्षीय मनोज कुमार श्रेष्ठ, काठमाडौं नयाँबजार बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका २७ वर्षीय दिपक थापामगर रहेका छन् ।

यसैगरी काभ्रे पाँचखाल नगरपालिका-१२ घर भएका २७ वर्षीय बिशाल लामा, काभ्रे तिमाल गाउँपालिका-४ घर भएका २३ वर्षीय योङदेन लामा, भक्तपुर सानोठिमी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-२ घर भएका २२ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं खुसिबु नयाँबजार बस्ने भारत घर भएका ३७ वर्षीय मोहम्मद ईसाकलाई प्रहरीले पक्राउ गरेको हो ।

साउन २४ गते दिउँसो काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका दीपक लामा र काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक बलेफी गाँउपालिका-६ घर भएका सुरेश सापकोटालाई १ किलो यार्सागुम्वा २८ लाख रुपैयाँमा खरिद गर्छु भन्दै काठमाडौं नयाँ बसपार्क मित्रनगरस्थित होटेलमा बोलाई उनीहरूले ल्याएको उक्त यार्सागुम्बा अपरिचित व्यक्तिहरुले लुटि फरार भएका थिए ।

उक्त घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई ७ केजी ४ सय ४० ग्राम यार्सागुम्बा र नगद १ लाख ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ३६ बजे

औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

काठमाडौँ– विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनले नेपाल सरकारलाई औद्योगिक

झापामा भूमि समस्या समाधानको कामले गति लिँदै, ३३ परिवारले पाए लालपुर्जा

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या समाधानका

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण