मुलुकप्रति थप जिम्मेवार बन्न प्रहरी अधिकृतहरुलाई गृहमन्त्रीको निर्देशन « Khabarhub

मुलुकप्रति थप जिम्मेवार बन्न प्रहरी अधिकृतहरुलाई गृहमन्त्रीको निर्देशन


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना गर्दै नागरिकको जीवन रक्षा पहिलो शर्त भएको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आज आयोजित भर्चुअल कार्यक्रममार्फत उनले सरकार र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ, सबल र प्रगाढ बनाइ नागरिक र मुलुकप्रतिको जिम्मेवारीमा गम्भीर हुन प्रहरी अधिकृत तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिए ।

मन्त्री खाँणले आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै हिंसा न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न पनि प्रहरीलाई निर्देशन दिए ।

सबै प्रहरीको क्षमता अभिवृद्धि, अपराध नियन्त्रण एवं अनुसन्धानमा प्रविधिको प्रयोग, नवीन भूमिका एवं दायित्वका लागि नेपाल सरकार सकारात्मक रहेको बताउँदै उनले सामाजिक दायित्वको रुपमा आउने बहुआयामिक समस्यालाई सम्बोधन गर्न नेपाल प्रहरी सदैब पहिलो पङ्क्तिमा रहेर आफ्नो कर्तव्य निर्वाह गरेको स्मरण गरे ।

गृहमन्त्री खाँणले कोभिड–१९ सङ्क्रमण नियन्त्रण एवं रोकथामका लागि नेपाल प्रहरीले सञ्चालन गरेको अभियानको सराहना पनि गरे । उनले मुलुकको शान्ति सुव्यवस्थामा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी कर्मचारीको क्षमताको उपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सङ्गठनलाई थप व्यावसायिक र उर्जावान बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै